२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

भालुवाङ बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो



नेपालगन्ज । नेपालगन्जबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस दाङ-देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

प्रहरीका अनुसार अहिले सम्म २५ जनाको उद्धार गरिएको छ । घाइतेहरुको भालुवाङ स्थित प्रस्तावित अस्पतालमा उपचार भइरहेको छ । बस आधा नदीमा डुबेको अवस्थामा रहेकाले क्रेनको सहायतामा बस नदीबाट निकाल्ने कार्य भइरहेको सशस्त्र प्रहरी भालुवाङले जनाएको छ । बसमा केही यात्रु अझै हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

बसमा करिब ३० जना यात्रु सवार रहेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।

 

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ५९ बजे

बंगलादेशमा जस्तै नेपालमा पनि आगो लगाउने र कुशासन चलाउनेहरू हार्नेछन् : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मतदाताका कुरा सुन्दै, योजना सुनाउदै विश्वदीप

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

युवामा नेतृत्व विकास गर्न ‘इमर्जिङ युथ स्पिकर सिजन थ्रि’ सम्पन्न, निश्चल भट्टराई प्रथम

बुटवल । युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक अभिव्यक्ति सीप