२ भदौ २०८३, मंगलबार | August 18, 2026

पौवाले पस्कियो माघीको रैथाने स्वाद



बुटवल । नेपाली परम्परा र चाडपर्वलाई बार्षिक क्यालेण्डर नै बनाएर हस्पिटालिटी प्रदान गर्दै आएको होटल पौवाले यस वर्ष पनि आफनो ग्राहकलाई लक्षित गरि माघीका परिकारहरु खवाएर माघी उत्सव मनाएको छ । “चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ !!” भन्ने मुल नाराका साथ सोमबार माघे संक्रान्तिको अवसर पारेर आफ्ना देशभरका १२ वटै शाखाबाट ग्राहकहरुलाई माघीको परिकार खुवाउँदै माघी उत्सव मनाएको हो ।

माघेसंक्रान्ति/माघी/मकर संक्रान्ति पर्वका अवसर पारेर पौवाले आफ्ना ग्राहकलाई परम्परागत र पहिचान सहितको सिजनल माघीका परिकारहरु खिचडी, अचार, चाकु, ढिक्रि, तिलको लड्डु, तरुल, शखर खण्ड, केराको अचार चखाएको छ ।

नेपालको हस्पिटालिटी सेवामा छुट्टै पहिचान बनाएको होटल पौवा प्रालि नेपाली परम्परा र संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्दै हरेक चाडपर्व अनुसार परम्परागत स्वाद चखाउँदै आएको छ । शहरी क्षेत्रमा रहेका र लामो समेयदेखि रैथाने स्वाद खान छुटेका ग्राहकसंग माघे संक्रान्तीका परिकार स्मरण दिने गरि परिकार चखाएर माघी उत्सव मनाइएको पौवाका ब्राण्ड तथा जनसम्पर्क प्रमुख विष्णु भण्डारीले बताए ।

नेपाली परम्परा, संस्कृतिलाई पछयाउदै बर्सेनि नेपाली आदीबासी जनजातीका चाडपर्वहरुमा उनीहरुकै पहिचान दिने गरि स्वाद तयार गर्दै पर्यटन प्रवद्र्धनमा काम गर्दै आएको भण्डारीले बताए । चिसो मौसममा माघीका परिकारहरुले ताप दिने हुदा पनि खान उपयुक्त हुने उनले बताए ।

नेपाली हस्पिटालिटीलाई पहिलो प्राथमिकतामा राखेर नेपाली चाडपर्व, जनजातकिा रैथाने स्वाद र संस्कृतिलाई ब्राण्डिङ गर्दै सेवा अभियानलाई निरन्तर अगाडि बढाइएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।

१२ वटा शाखाबाट देशका विभिन्न स्थानमा सेवा दिँदै आएको पौवाले १३ औ शाखाकारुपमा नेपालगन्जमा सेवा विस्तार गर्ने जनाएको छ । देशभर रहेका पौवाका १२ वटा शाखामा पौवामा करीब ४ सय ५० जना युवाहरुलाई हस्पिटालिटी सेवामा रोजगार दिएको छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ३१ बजे

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति

भाद्र ३१ गते देखि नेपालगन्ज-पोखरा पुनः उडान गर्दै बुद्ध एयर

नेपालगन्ज । गत जेठ ५ गते देखि अवरुद्ध बुद्ध एयरको

जुरीखेलमा स्कारपियो दुर्घटना : गम्भीर घाइते लक्ष्मी बडुको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा स्कारपियो दुर्घटनामा घाइते भएकी

सरकार र सभामुख प्रति आशिका तामाङ आक्रोशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङ आफ्नै पार्टीको

सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनासहित ३ योजनाका निर्माण व्यवसायी कालोसूचीमा

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सालझण्डी-सन्धिखर्क-ढोरपाटन