२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता : नेपाल पुलिसद्वारा कोशी प्रदेश पराजित



काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जित हासिल गरेको छ ।

जितको लागि १ सय ६७ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २३ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसको जितमा अर्जुन साउदले सर्वाधिक ६२ रन बनाए । उनले ६३ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा अबिजित रहे ।

त्यस्तै दीपेन्द्रसिंह ऐरीले अबिजित ३८ रन बनाए । उनले १७ बलमा ४ चौका र २ छक्कासहित ३८ रन बनाए । दीलीप नाथले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ बनाए । यसैगरी कुशल भुर्तेलले १२ र सुनिल धमलाले १६ रन बनाए । कोशीका कमल खत्रीले २ विकेट लिए भने सोनु मण्डलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कोशी प्रदेशले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६६ रनको योगफल बनाएको थियो । कोशीको लागि सुजन थपलियाले एक सय ५ रनको योगदान गरे । उनले १ सय २६ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक एक सय ५ रनको योगदान गरेका हुन । यसैगरी अभ्यास तिमिल्सिनाले २३ र कप्तान अङ्कित सुवेदीले १० रन बनाए ।

सुजनले आठौँ विकेटका लागि अभ्याससँग ९९ रनको साझेदारी गरेका थिए । यता पुलिसका लागि करण केसीले तीन विकेट लिए भने ललितनारायण राजवंशी र सुनिल धमलाले समान दुई दुई विकेट झारे । त्यस्तै राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले समान एक एक विकेट लिए ।

प्रकाशित मिति : २ माघ २०८०, मंगलबार  ४ : २८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल