४ पुस २०८२, शुक्रबार | December 19, 2025

स्थायी कमिटी बैठक अघि नेकपा नेताहरु गुट बैठकमा, ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय गर्ने प्रचण्डपक्षको तयारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम अन्तरविरोध झन पछि झन झाङ्गिदै गएको छ ।

असार १६ गतेबाट सतहमा देखिने गरी सुरुभएको अन्तरविरोध हल गर्नका लागि पार्टी स्थायी कमिटीको बैठक पटकपटक स्थगित गर्दै सहमति खोज्ने भनिएपनि यो बीचमा गुट बैठकहरु मात्र बसेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा देखिएको अन्तरविरोधको निस्कर्ष पार्टी अन्ततः फुटको दिशामा अघि बढेको देखिएको छ ।

पार्टीका नेताहरु सहमति भन्दा आफुनो गुटलाई प्रभावशाली बनाउने गरी मोर्चा कसेर बसेका कारण भोलि मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि अन्त्यमा स्थगित हुनसक्ने सम्भावना रहेको छ ।

यद्यपी, अध्यक्ष प्रचण्ड समुहको सोमबार बसेको गुट बैठकले अब पार्टीमा बहुमत अल्पमतका आधारमा निर्णय गरेर जाने निस्कर्षमा पुगेको बताइएको छ ।

भोलिको बैठकलाई लिएर प्रचण्डले सोमबा बिहान आफु निकट नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ रामबहादुर थापालगायतका नेताहरु सहभागी थिए । प्रचण्डले आफु र माधव नेपाल निकट स्थायी कमिटी सदस्यहरुसँग पनि छलफल गरिरहेका छन् ।

प्रचण्ड पक्षीय नेताहरु अब बैठकलाई सहमति खोज्ने नाममा स्थगित नगरी अघि बढ्ने सोच बनाएका छन् । प्रधानमन्त्री ओलीलाई एकपदबाट राजीनामा गर्न लगाउन, उनले नमाने बहुमतका आधारमा निर्णय गरेर जाने सोचमा प्रचण्डपक्ष पुगेको एक नेताले बताएका छन् । अब मंगलबारको बैठक रोकिँदैन ती नेताले बताए ।

दुई अध्यक्षहरु बसेर छलफलबाट सहमति निकाल्ने भनिए पनि पटकपटक भएका छलफलहरु एकअर्कालाई आशंका गर्ने र घोचपेच गर्ने बाहेक केही हुनसकेको छैन ।

यतिबेला प्रचण्ड र नेपालपक्षबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली विरुद्ध एकता बनिरहेको छ । यद्यपी, नेपाल पक्षका अधिकांश नेताहरुले ओलीलाई खुइल्याउन अहिले प्रचण्डलाई साथ दिएपनि सधैं दिन नसकिने भन्दै शंकाको सुविधा मात्र प्रदान गरिरहेका छन् ।

अर्कातिर, कसैले राजीनामा माग्दैमा दिन्न भन्दै अडान कसेर बसेका ओलीले पनि आफ्नो गुटसँग निरन्तर सम्वाद गरिरहेका छन् । ओलीले समानान्तर रुपमा मदन भण्डारी फाउन्डेशनका नाममा जिल्लातहसम्म कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक विवादकै कारण पटकपटक स्थागित हुँदै आएको छ । पछिल्लो पटक साउन ६ गते केहीबेर बसेको बैठकले बाढी पहिरोमा परेर ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गर्दै साउन १३ गते स्थगित भएको थियो ।

साउन ९ गते पछिल्लो पटक अध्यक्षद्वय केही बेर छलफल गरे पनि सो छलफल झन तिक्ततापूर्ण बनेको बुझिएको थियो । त्यसको निस्कर्ष प्रचण्डले सोही दिन गरेको भाषणले पनि पुष्टि गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : ५० बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म