२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

स्थायी कमिटी बैठक अघि नेकपा नेताहरु गुट बैठकमा, ओली सहमतिमा नआए बहुमतका आधारमा निर्णय गर्ने प्रचण्डपक्षको तयारी



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको चरम अन्तरविरोध झन पछि झन झाङ्गिदै गएको छ ।

असार १६ गतेबाट सतहमा देखिने गरी सुरुभएको अन्तरविरोध हल गर्नका लागि पार्टी स्थायी कमिटीको बैठक पटकपटक स्थगित गर्दै सहमति खोज्ने भनिएपनि यो बीचमा गुट बैठकहरु मात्र बसेका छन् ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा देखिएको अन्तरविरोधको निस्कर्ष पार्टी अन्ततः फुटको दिशामा अघि बढेको देखिएको छ ।

पार्टीका नेताहरु सहमति भन्दा आफुनो गुटलाई प्रभावशाली बनाउने गरी मोर्चा कसेर बसेका कारण भोलि मंगलबार बस्ने भनिएको स्थायी कमिटी बैठक पनि अन्त्यमा स्थगित हुनसक्ने सम्भावना रहेको छ ।

यद्यपी, अध्यक्ष प्रचण्ड समुहको सोमबार बसेको गुट बैठकले अब पार्टीमा बहुमत अल्पमतका आधारमा निर्णय गरेर जाने निस्कर्षमा पुगेको बताइएको छ ।

भोलिको बैठकलाई लिएर प्रचण्डले सोमबा बिहान आफु निकट नेताहरुसँग छलफल गरेका हुन् । बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ रामबहादुर थापालगायतका नेताहरु सहभागी थिए । प्रचण्डले आफु र माधव नेपाल निकट स्थायी कमिटी सदस्यहरुसँग पनि छलफल गरिरहेका छन् ।

प्रचण्ड पक्षीय नेताहरु अब बैठकलाई सहमति खोज्ने नाममा स्थगित नगरी अघि बढ्ने सोच बनाएका छन् । प्रधानमन्त्री ओलीलाई एकपदबाट राजीनामा गर्न लगाउन, उनले नमाने बहुमतका आधारमा निर्णय गरेर जाने सोचमा प्रचण्डपक्ष पुगेको एक नेताले बताएका छन् । अब मंगलबारको बैठक रोकिँदैन ती नेताले बताए ।

दुई अध्यक्षहरु बसेर छलफलबाट सहमति निकाल्ने भनिए पनि पटकपटक भएका छलफलहरु एकअर्कालाई आशंका गर्ने र घोचपेच गर्ने बाहेक केही हुनसकेको छैन ।

यतिबेला प्रचण्ड र नेपालपक्षबीचमा अध्यक्ष एवं प्रधानमन्त्री ओली विरुद्ध एकता बनिरहेको छ । यद्यपी, नेपाल पक्षका अधिकांश नेताहरुले ओलीलाई खुइल्याउन अहिले प्रचण्डलाई साथ दिएपनि सधैं दिन नसकिने भन्दै शंकाको सुविधा मात्र प्रदान गरिरहेका छन् ।

अर्कातिर, कसैले राजीनामा माग्दैमा दिन्न भन्दै अडान कसेर बसेका ओलीले पनि आफ्नो गुटसँग निरन्तर सम्वाद गरिरहेका छन् । ओलीले समानान्तर रुपमा मदन भण्डारी फाउन्डेशनका नाममा जिल्लातहसम्म कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक विवादकै कारण पटकपटक स्थागित हुँदै आएको छ । पछिल्लो पटक साउन ६ गते केहीबेर बसेको बैठकले बाढी पहिरोमा परेर ज्यान गुमाएकाप्रति शोक प्रस्ताव पारित गर्दै साउन १३ गते स्थगित भएको थियो ।

साउन ९ गते पछिल्लो पटक अध्यक्षद्वय केही बेर छलफल गरे पनि सो छलफल झन तिक्ततापूर्ण बनेको बुझिएको थियो । त्यसको निस्कर्ष प्रचण्डले सोही दिन गरेको भाषणले पनि पुष्टि गरेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : ५० बजे

रवि लामिछाने विरुद्धको अभियोग पत्र फिर्ताविरुद्धको रिट सपना मल्ल र श्रीकान्त पौडेलको इजलासमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

वायु प्रदूषण घटाउने परियोजनाका लागि सात अर्ब सात करोड २० लाख वित्तीय सहयोग

काठमाडौं । विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु

रवि लामिछानेको चुनावी खर्च १० लाखभन्दा कम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चुनावमा

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं । मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनकोे मूल्य रु

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च