२१ माघ २०८२, बुधबार | February 4, 2026

सकियो एभरेष्टमा जारी खेलकुद दिवस



बुटवल । बुटवल–८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा खेलकुद दिवस सम्पन्न भएको छ । विद्यार्थीहरुको शारीरिक, मानसिक तथा बौद्विक विकासका साथै उनीहरुमा आपसी सहकार्य, साथीत्व र एकताको विकास गर्ने उद्देश्यले हरेक वर्षजस्तै यस वर्ष पनि खेलकुद दिवस कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ । माघ ३ र ४ गते सञ्चालन भएकोे यस कार्यक्रममा कक्षा नर्सरीदेखि १२ कक्षासम्मका करिब एक हजार एक सय विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

विद्यालयको खेलमैदान, सिद्वेश्वरी खेलमैदान र रामनगर खेलमैदान गरी तीन स्थानहरुमा सञ्चालित खेलमा अन्तिम दिन बिहीबार कक्षा प्ले गु्रपमा बलुन व्लाष्ट र हट पटाटो, कक्षा नर्सरी र एलकेजी मा वेलुन व्लाष्ट र बल थ्रो, कक्षा युकेजीमा स्वीट रेश र हट पटाटो, कक्षा १ देखि ३ अन्तर्गत म्याथम्याटिक्स रेश र हट पटाटो, कक्षा ४ र ५ अन्तर्गत स्पुन रेश र स्लो साइकल रेश, कक्षा ६ देखि १२ अन्तर्गत लंग जम्प, हाइजम्प, र स्लो साइलक रेश प्रतियोगिताहरु सम्पन्न भएका छन् ।

खेलकुद दिवसको अन्तिम दिन सञ्चालित विभिन्न खेलमा स्थान प्राप्त गरी विजयी विद्यार्थीहरुलाई कालिका मानवज्ञान मा.वि., सेक्टर २ का इन्चार्ज कृष्ण गौतम तथा सिद्वेश्वर लालकुमारी मा.वि.का सह–प्राचार्य लेखनाथ पौडेलले पुरस्कार वितरण गर्दै विजयी विद्यार्थीलाई बधाई तथा शुभकामना दिनु भएका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले खेलकुदको विकासका लागि विद्यालयले निरन्तर कार्यक्रमहरु गर्दै आएको बताए । उनले विद्यालयमा आयोजना हुने अतिरिक्त क्रियाकलापका माध्यमले पनि विद्यार्थीको व्यक्तित्व विकास हुने बताए ।

कार्यक्रममा विद्यालयका सहप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख भीमसेन गौतमले विजयी सबै प्रतियोगीलाई बधाई एवं सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । त्यसैगरी विद्यालयका उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन हुने हुनाले धेरैभन्दा धेरै विद्यार्थीले सहभागिता जनाउनुपर्ने विचार व्यक्त गरेका थिए । पुरस्कार वितरण कार्यक्रममा विद्यालयका विभिन्न तहमा कार्यरत तहगत संयोजकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहिबार  ७ : ४२ बजे

संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै

काठमाडौं । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न

मर्चवारको विकास र देशको समृद्धिका लागि एमालेको जित अनिवार्य : प्रमोद कुमार यादव

भैरहवा । नेकपा एमालेका तर्फबाट रुपन्देही क्षेत्र नं. ४ का

संघीयताको सफल अभ्यास लुम्बिनीबाट सम्भव : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरण र

आज विश्व क्यान्सर दिवस

काठमाडौं । क्यान्सर रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै

बुटवलका २७ वर्षीय जैसवालको सर्लाहीमा भएको कार दुर्घटना मृत्यु, बुटवलकै तीन जना घाइते

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुरमा भएको सवारी दुर्घटनामा एक