८ पुस २०८२, मंगलबार | December 24, 2025

चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाए : सिके राउत



सप्तरी । जनमत पार्टीको राष्ट्रिय अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. सिके राउतले चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको बताएका छन्। नेपाल पत्रकार महासंघको आयोजनामा शनिबार सप्तरीमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चार पार्टीले जहिले पनि मुलुकलाई पेवाको रूपमा लिँदै आएको बताए ।

उनले ती दलहरुले मधेसमा भ्रष्टाचार हुन्छ र मधेसी नेता भ्रष्ट हुन्छन् भन्ने अपवाह फैलाएर मधेसलाई थप पछाडि धकेल्दै लगेको आरोप लगाए । उनले भने,’अरबौ भष्टाचार गर्ने ब्यक्तिले उल्टो मधेसी नेतालाई भ्रष्टको आरोप लगाएर मधेर र मधेसीक‍ो विकासको बाधक बन्ने गरेका छन् ।’ आफु उर्जाका साथ संसदमा प्रतिनिधित्व गरेपनि त्यहाँको व्यवस्था हेरेर निराशावादी भएको उनको भनाइ थियो ।

उनले सत्ता गठबन्धनमा रहेकै कारण आफुहरुलाई अहिलेको संसदमा केही बोल्न छुट नभएको उल्लेख गर्दै गठबन्धनको ह्वीपका कारण दुईचार जनाले जे गर्छ त्यहीँ नै हुने गरेको बताए । ‘केही बोल्न खोज्यो ह्वीप जारी हुन्छ । बोल्यो भने कार्वाही हुन्छ, दुईचार जनाले जे गर्छ त्यहीँ नै हुन्छ,’ उनले भने, ‘यो सरकार र गठबन्धनबाट केही गराउन सकिने अवस्था छैन ।’

डिसिजन मेकरमा आफुहरुको कुनै भुमिका नरहेको उनले बताए । उनले अधिकार प्राप्तिको लागि आन्दोलन गर्न जहिले पनि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए । अहिलेको अवस्था मधेस, जनजाति, अल्पसंख्यक, तथा पछाडि परेका समूदायका लागि नभएको उल्लेख गर्दै राउतले आन्दोलनको विकल्प नरहेको बताए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १ : ०३ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना