२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दुई देशका अधिकारीबीच सीमा सुरक्षाबारे छलफल



नेपालगन्ज । बाँके र बर्दियासँँग सिमाना जोडिएको भारतीय जिल्ला बहराइचका डिस्ट्रिक मजिस्ट्रेट मोनिका रानी (डिएम)को निमन्त्रणामा बाँके र बर्दियाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा प्रमुखहरूको एकदिने समकक्षी बैठक भारतको बहराइचस्थित नान्पारामा सम्पन्न भएको छ ।

बहराइचका डिस्ट्रिक मजिस्ट्रेट रानीको नेतृत्वको भारतीय सुरक्षा अधिकारीसँगको संयुक्त सीमा बैठकमा नेपालको तर्फबाट बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलसहित सुरक्षा अधिकारीले भाग लिएका थिए । नेपाली पक्षबाट बर्दियाका सप्रजिअ मोहन अर्याल, बाँके र बर्दियाका प्रहरी उपरीक्षक क्रमशः सुवासचन्द्र बोहरा, सुधीर शाहीलगायत सहभागी भएका थिए ।

यही माघ ८ गते भारतको अयोध्यामा श्रीराम मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रम र माघ १२ गते हुने गणतन्त्र दिवसका अवसरमा सुरक्षा एवं सुदृढ कानुनी व्यवस्था बनाउने विषयबारे संयुक्त सुरक्षा छलफल गरिएको बाँकेका प्रजिअ पोखरलेले बताए ।

प्रजिअ पोखरेलले सुदृढ सुरक्षा व्यवस्था बनाइ राख्ने दिशामा सीमावर्ती दुवैतर्फका सुरक्षा अधिकारीले आपसी समन्वयका साथ काम गर्ने, सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ नियन्त्रण गर्ने, सीमा क्षेत्रमा विशेष निगरानी बढाउने, संयुक्त चेकजाँच र गस्ती बढाउनेजस्ता विषयमा छलफल भएको जानकारी दिए । आज अपराह्न सुरु बैठकपछि दुवै पक्षका सुरक्षा अधिकारीले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ र जमुनाह नाका निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ०६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले