१९ असार २०८३, शुक्रबार | July 3, 2026

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने



काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

जारी लिगमा नेपाल पुलिस अपराजित रहेको छ । अहिलेसम्म दुई खेल खेलेको पुलिस ४ अंक जोडेर चौथो स्थानमा रहेको छ । यस्तै, त्रिभुवन आर्मी तीन खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे काठमाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा तीन खेल खेलेको गण्डकी र ५ खेल खेलेको कोशी प्रदेश जित विहीन छन् ।

प्रतियोगितामा ३ खेलबाट ६ अंक जोडेर सुदूरपश्चिम शीर्षस्थानमा रहँदा ५ खेल खेलेको बागमती ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, ५ खेल नै खेलेको मधेश प्रदेश ६ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : १५ बजे

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र