२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट : आज पुलिस र आर्मी तथा गण्डकी र कोशी प्रदेश भिड्ने



काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

जारी लिगमा नेपाल पुलिस अपराजित रहेको छ । अहिलेसम्म दुई खेल खेलेको पुलिस ४ अंक जोडेर चौथो स्थानमा रहेको छ । यस्तै, त्रिभुवन आर्मी तीन खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा छ ।

यस्तै, आजै बिहान सवा ९ बजे काठमाडौंको मूलपानी क्रिकेट मैदानमा गण्डकी र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा तीन खेल खेलेको गण्डकी र ५ खेल खेलेको कोशी प्रदेश जित विहीन छन् ।

प्रतियोगितामा ३ खेलबाट ६ अंक जोडेर सुदूरपश्चिम शीर्षस्थानमा रहँदा ५ खेल खेलेको बागमती ६ अंकसहित दोस्रो स्थानमा छ । यस्तै, ५ खेल नै खेलेको मधेश प्रदेश ६ अंकका साथ तेस्रो स्थानमा छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ८ : १५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल