२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको पहिलो जित, कोशी २५ रनमा अलआउट



काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामामा कोशी प्रदेश केवल २५ रनमा अलआउट भएको छ । मुलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा गण्डकी प्रदेशले दिएको १६८ रनको लक्ष्य पछाएको कोशी प्रदेश १५.२ ओभर मात्र खेल्दै २५ रन बनाएर अलआउट भएको हो ।

कोशी प्रदेशका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कोशीका लागि कप्तान अंकित सुवेदीले सर्वाधिक ८ रन बनाएका थिए भने चार खेलाडी शुन्यमा आउट भएका थिए ।

कोशीको ब्याटिङ लाइन ध्वस्त गर्न गण्डकी प्रदेशका कप्तान विपिन खत्रीले ६ विकेट लिएका थिए । त्यस्तै सन्दीप पराजुलीले ३ तथा अंकित न्यौपानले एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ४८.२ ओभरमा अल आउट हुदै १६७ रन बनाएको थियो । त्यस्तै कोशी प्रदेशका बलर अभ्यास तिम्सिनाले ६ विकेट लिएका थिए ।

यो गण्डकी प्रदेशको पहिलो जित हो । गण्डकीले ४ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । त्यस्तै कोशी प्रदेशले भने लगातार छैटौं हार व्यहोरेको छ ।

अब गण्डकी प्रदेशले अर्को खेल मंगलबार बागमती प्रदेशसँग त्रिवि मैदानमा खेल्ने छ भने कोशी प्रदेशले मंगलबार नै मुलपानी मैदानमा कर्णाली प्रदेससँग खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : २३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल