१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रुपन्देही उद्योग संघको प्लाष्टिक वस्तुगत समिति संयोजकमा तिमिल्सिना



बुटवल । रुपन्देही उद्योग संघमा आवद्ध प्लाष्टिक उद्योगीहरुको सोमबार सम्न्नि भेलाले तेजनाथ तिमिल्लसिनाको संयोजकत्वमा प्लाष्टिक वस्तुगत समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै संघका अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले वस्तुगत समिति गठन गरिएको हुँदा त्यसलाई क्रियाशील बनाउन प्लाष्टिक उद्योगीहरुलाई आग्रह गरेका छन् । उनले संघको संस्थागत विकासमा वस्तुगत समितिहरुको सक्रियता र सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने हुँदा नियमित छलफल गरी कार्यक्रमहरु बनाउन सुझाव दिए ।

भेलाको अध्यक्षता गर्दै संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्लेले उद्योगीहरुले वस्तुगत समस्याहरुको पहिचानका लागि उद्योगीहरु आफै सक्रिय भएर लाग्नु जरुरी भएको बताउँदै वस्तुगत समिति संघको पिलरका रुपमा खडा हुनुपर्ने धारणा राखे । उनले वस्तुगत समिति गठनको उद्देश्य, काम कर्तव्य र अधिकारहरुको सबन्धमा जानकारी गराएका थिए ।

प्रथम उपाध्यक्ष काफ्लेको अध्यक्षता, महासचिव हिरामणी भट्टराईको संचालन तथा कोषाध्यक्ष युवराज आचार्यको धन्यवाद ज्ञापनमा सम्पन्न भेलाले त्रिनेत्र प्लाष्टिक उद्योगका तेजनाथ तिमिल्सिनाको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो ।

गठित समितिको सहसंयोजकमा नेशनल पि.भि.सी.बोर्ड इण्डष्ट्रिजका शोभाखर भुसाल, सचिवमा बिनित कसौधन र सदस्यहरुमा सत्यम पोलिमर्सका शिशिर पौडेल, एभरेष्ट एव्रासिभ एण्ड एलाइड इण्डष्ट्रिज (प्रा.) लि.का प्रदिप अधिकारी, इन्द्रेणी प्लाष्टिक उद्योगका धु्रव कोइराला, भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि.का अंमृत भुसाल, पूजा प्लाष्टिक इण्डष्ट्रिजका लोकनाथ भट्टराई, ग्लोबल फ्रेब्रिकेशन इण्डष्ट्रिजका बसन्त घिमिरे चयन भएका छन् ।

भेलाले समितिको सल्लाहकारमा संघका प्रथम उपाध्यक्ष जीवकान्त काफ्ले, महासचिव हिरामणी भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, सचिव सुमन बस्याल, कार्यसमिति सदस्य लालप्रसाद बस्याललाई चयन गरेको छ ।

नवगठित वस्तुगत समितिका संयोजक तेजनाथ तिमिल्सिनाले प्लाष्टिकका उद्योगीका समस्यालाई संघसँग सहकार्य गरी समाधानको लागि हर प्रसासरत रहने प्रतिवद्धता व्यक्त गरे । भेलामा संघका महिला सचिव मञ्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेलबासे, कार्यसमिति सदस्य प्रज्जवल थान्जुलगायतले उद्योगीका समस्याका बारेमा धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ३ : ३६ बजे

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा

देशको अवस्था झन् असहज बन्दै गएको छ तर सरकार गम्भीर बनेन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल

सुनसरीमा गोली चलाउनै पर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर आउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

सगरमाथा र ल्होत्सेको सफल आरोहण गर्ने चिनियाँ आरोहीलाई प्रचण्डको सम्मान

काठमाडौं । सन् २०२६ को वसन्त ऋतुमा एकैपटक सर्वोच्च शिखर