४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पिएम कप: आज तीन खेल हुँदै



काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्

आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुँदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेशले आफ्ना ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलमा ६ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा झरेको छ ।

गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौं स्थानमा छ ।

त्यसरी नै कोशी प्रदेशले अहिलेसम्म खेलेका ७ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : २४ बजे

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक

कांग्रेसले संसदमा असभ्य व्यवहार गर्यो- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली

विपक्षी दलको बैठकमा राप्रपाले भन्यो- गृहमन्त्रीलाई बोल्नदिनुपर्छ, संसदीय छानबिन समिति गठन हुनुपर्छ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलका लागि