३ भदौ २०८३, बुधबार | August 19, 2026

पिएम कप: आज तीन खेल हुँदै



काठमाडौं । जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन्

आज भैरहवा क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मीबीच खेल हुँदै छ । त्यस्तै अर्को खेल टियु मैदानमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच हुदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ४ खेलमा सबै खेल जितेर ८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै बागमती प्रदेशले आफ्ना ७ खेलमा ८ अंक हासिल गर्दै दोस्रो र मधेश प्रदेशले आफ्ना ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

त्यसैगरी त्रिभुवन आर्मी क्लब ५ खेलमा ६ अंक हासिल गर्दै चौथो स्थानमा उक्लिएको छ भने सुदूरपश्चिम प्रदेशको ४ खेलमा ६ अंकसहित पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश ६ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ भने एपीएफ ५ खेलमा ४ अंकसहित सातौं स्थानमा झरेको छ ।

गण्डकी प्रदेशले ५ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेर नवौं स्थानमा छ ।

त्यसरी नै कोशी प्रदेशले अहिलेसम्म खेलेका ७ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  १० : २४ बजे

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का