१३ जेष्ठ २०८३, बुधबार | May 27, 2026

गठबन्धनले कोशीमा ‘फ्लोर क्रस’ गर्नेलाई कारबाही गर्ने



काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनका नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनकी महिला उम्मेदवार हराउन भूमिका खेल्ने जनप्रतिनिधिलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

बिहीबार सम्पन्न राष्ट्रियसभा चुनावमा गठबन्धनका दुई उम्मेदवारमध्ये कांग्रेसका कृष्णप्रसाद सिटौला मात्रै विजयी हुँदा माओवादीकी चम्पादेवी कार्की पराजित भएकी थिइन्। विपक्षी गठबन्धनभन्दा धेरै मतभार हुँदा माओवादी उम्मेदवार कार्की पराजित बनेकी थिइन्।

यससँगै कोशी प्रदेशका माओवादी नेताहरूले कांग्रेसले बेइमानी गरेको बताउँदै आएका छन्। कांग्रेसकै कारण माओवादीले कोशीमा लगातार क्षति सहनुपरेको भन्दै सहकार्य तोड्ने चेतावनीसमेत दिएपछि शुक्रबार विराटनगरस्थित कांग्रेस प्रदेश कार्यालयमा बसेको गठबन्धनका प्रदेश नेताहरूको बैठकले चुनावमा ‘फ्लोर क्रस’ गर्ने कार्यलाई गैरजिम्मेवार र निकृष्ट कार्य भन्दै फ्लोर क्रस गर्नेहरूबारे छानबिन गरेर कारबाही गर्ने निर्णय गरेको छ।

बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै नेताहरूले मत क्रस गर्नेलाई कारबाही गरेर गठबन्धन बलियो पार्ने बताएका छन्।नेपाली कांग्रेस दलका नेता उद्धव थापा, माओवादी नेता इन्द्र आङ्बो, एकीकृत समाजवादीका नेता राजेन्द्र राई र जसपाकी नेता निर्मला लिम्बुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन्।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ४२ बजे

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति

नख्खु जेल प्रकरणमा रवि लामिछानेसहित चार जनामाथि सूक्ष्म अनुसन्धान सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा नख्खु

जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ र

पूर्वाधार विस्तारमा प्रगति, सडक सञ्जाल ३६ हजार ८०० किलोमिटर नाघ्यो

काठमाडौं । मुलुकको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक

शुक्रबार अपरान्ह ४ बजे बजेट भाषण

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को