१३ असार २०८३, शनिबार | June 28, 2026

ओलीको एकल निर्देशनमा स्थायी कमिटी बैठक स्थगित; प्रचण्ड-नेपाल समुह भन्छ, – एकपक्षीय निर्णय मान्य हुँदैन !



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद झन तनावपूर्ण बन्दै गएको छ ।

आज बिहान ११ बजे बस्ने भनिएको बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको एकल निर्देशनमा स्थगित भएपछि विवाद थप चुलिएको हो ।

बैठकका लागि ११ बजे अगावै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बालुवाटार जाँदै गर्दा बालुवाटारबाट बैठक स्थगितको सूचना प्रेषित भएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमा लेखेका छन्, ‘पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको आज ११ बजे हुने भनिएको बैठक स्थगित गरिएको छ ।’

तर, बैठक स्थगित गर्ने या नगर्नेबारेमा दुई अध्यक्षबीच कुनै छलफलै नभएको प्रचण्ड निकट नेताहरुले दाबी गरेका छन् । ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेपछि स्थायी कमिटीका सदस्यहरु बालुवाटारकै बैठक कक्षमा अलमलमा परेका थिए ।

बैठक एकतर्फी रुपमा स्थगित गरेपछि टकराव झन् बढेको छ। ‘अध्यक्ष, वरिष्ठ नेतासहित स्थायी कमिटीका साथीहरु बालुवाटारमै हुनुहुन्छ । एकपक्षीय रुपमा बैठक स्थगित गर्न मिल्दैन’, प्रवक्ता नारायणकाजि श्रेष्ठले बताए ।

ओलीले जवरजस्ती गर्न खोजे बैठकलाई अघि बढाएर प्रक्रिया अनुसार जानुपर्ने अर्का एक स्थायी कमिटी सदस्यले बताए ।

पार्टीभित्रको शक्ति संघर्षका कारण नेकपा झण्डै झण्डै छिन्नभिन्नको अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५२ बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट