२ पुस २०८२, बुधबार | December 18, 2025

बालुवाटारमै बैठक सुचारु गर्ने प्रचण्डको तयारीपछि छलफलका लागि ओलीले बोलाए प्रचण्ड



काठमाडौं । बैठक स्थगित हुने या सुचारु गर्ने बारे यसअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल पछि निस्कर्ष निस्किन्थ्यो । त्यसपछि सूचना जारी हुन्थ्यो ।

तर, मंगलबारको बैठक स्थगनबारे अध्यक्ष प्रचण्डसँग परामर्श नगरी ओलीले स्थागित गरिदिए ।

बैठक स्थगनको सूचना बैठकस्थल बालुवाटार जाँदै गर्दा पाएका प्रचण्डसहितका नेताहरु बालुवाटारमा पुगेपछि अलमलमा परेका थिए ।

एकपक्षीय रुपमा बैठक स्थगित गर्न नपाइने भन्दै प्रचण्ड नेपाल पक्षका नेताहरुले बताइरहँदा अहिले दुई अध्यक्षबीच छलफल भैरहेको छ । बालुवाटारमा भैरहेको छलफलमा अर्का नेता झलनाथ खनाल पनि सहभागी भएको बताइएको छ ।

प्रचण्डले बालुवाटारमै बैठक सुचारु गर्ने तयारी गरेपछि ओलीले छलफलका लागि बोलाएका हुन् ।

अन्य स्थायी कमिटी सदस्यहरु भने बालुवाटारमै बसिरहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १ : ५५ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल