२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

राप्रपा नेपालले तराईका जिल्लाहरूमा प्रशिक्षण चलाउने



काठमाडौं । राप्रपा नेपालले तराई मधेस क्षेत्रमा पर्ने सबै जिल्लामा सघन रुपमा प्रशिक्षण संचालन गर्ने भएको छ । आगामी माघ २४ गते सुनसरीको इटहरीमा आयोजना हुने पुर्वान्चल क्षेत्र स्तरीय प्रशिक्षण लगत्तै तराई मधेस क्षेत्रमा प्रशिक्षण कार्यक्रम हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

उनका अनुसार माघ २५ गते सप्तरी र उदयपुर, २६ गते सिरहा र धनुषा ,२७ गते महोत्तरी र सर्लाही, २८ गते रौतहट र बारा तथा २९ गते पर्सामा प्रशिक्षण संचालन हुनेछ ।

मुलुकको अबस्था बदल्नको लागि व्यवस्था परिवर्तन गर्न जरुरी भएको भन्दै जनआन्दोलनको तयारीमा जुटेको राप्रपा नेपालले प्रशिक्षणलाई आन्दोलनको पुर्व तयारीको रुपमा अघि बढाईने जनाएको छ ।

स्रोतका अनुसार कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण अभियान, भावी कार्ययोजना र आन्दोलनको आवश्यकता बारे पार्टी अध्यक्ष कमल थापाले प्रशिक्षण दिने कार्यतालिका तय गरिएको छ ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ९ : १४ बजे

दीपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा

काठमाडौं। नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी आइसीसीको टी-२० को अलराउण्डर

सोह्रौँ योजना कार्यान्वयन गर्न अनुमानित लागत १११ खर्ब रुपैयाँ लाग्ने

काठमाडौं । सोह्रौँ योजना कार्यान्वयनका लागि करिब एक सय ११

कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विचार पुर्याएर

घनश्याम भुसाल देखाए एकीकृत समाजवादीका १२ चुनौती

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय