१३ असार २०८३, शनिबार | June 28, 2026

बालुवाटारमै प्रचण्डले अघि बढाए स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक, ओली पक्षका नेताहरु अनुपस्थित



काठमाडौं । अन्तरसंघर्ष विस्फोटक अवस्थामा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थगित गरिएको भनिएको बैठक बहुसंख्यक सदस्यको उपस्थितिमा अघि बढेको छ ।

बिहान ११ बजे बस्ने भनिएको बैठकलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सदस्यहरुको बैठकलाई अघि बढाएका हुन् ।

बैठकलाई अघि बढाउँदै प्रचण्डले बैठकलाई ठ्याक्कै स्थायी कमिटीको बैठक नभनेर स्थायी कमिटीका बहुमत सदस्यहरुको बैठक भनेका छन् ।

पार्टीमा अझै पनि सहमतिको खोजी आवश्यक रहेको भन्दै प्रचण्डले बैठकको निरन्तरता भन्दा पार्टी दुर्घटनामा पर्न सक्ने बताएका थिए । प्रचण्डले ओलीले अध्यक्षात्मक प्रणालीलाई नै चुनौति दिनेगरी बिहान स्थगित गरेको काम वैधानिक नभएको टिप्पणी गरेका छन् ।

ओलीले बैठक स्थगित गरेपछि पनि प्रचण्डसहितका सबै स्थायी कमिटी सदस्यहरु बालुवाटार पुगेका थिए । केही बेर ओलीसँग छलफल गरेका प्रचण्डले बैठक नरोक्ने निस्कर्षमा पुगेका हुन् ।

बिहानको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि ‘फायर’ भएका प्रचण्ड नेपाल पक्षका सबै नेताहरु बालुवाटार पुगेर बैठक अघि बढाउनुपर्ने माग गरेका थिए ।

बैठकमा ओली पक्षका नेताहरु भने सहभागी भएनन् ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  २ : १० बजे

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ‘ट्रयाज प्रणाली’ लागु

बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी अस्पतालको रूपमा रहेको बुटवलस्थित

रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक

कार्यसम्पादनमा लुम्बिनी प्रदेश प्रहरी देशकै प्रथम

भैरहवा । नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष

मनसुन थप सक्रिय हुँदै, आगामी हप्तादेखि देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । कमजोर रहेको मनसुन अबको हप्ता निकै सक्रिय हुने

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम । प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका-९ थापा चौकस्थित एक होटलबाट