१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

विमानस्थलले अधिकरण गरेको जग्गाको मुआब्जामा सहजीकरण गरिदिने भन्दै ४ लाख घुस खाँदै गरेका २ जना अख्तियारको फन्दामा



बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलले दुई जनालाई घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरु अख्तियारको नियन्त्रणमा परेका हुन् ।

विमानस्थलमा कार्यरत कार्यालय सहयोगी विश्वनाथ यादव लोध र मोतियार महेन्द्र यादवलाई सिद्धार्थनगर ५ स्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।

भुसालका अनुसार सेवाग्राहीबाट ४ लाख घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको हो।

सेवाग्राहीसँग घुस लेनदेन गर्न कार्यालय सहयोगी र उनका सहयोगी यादवद्वय सेन्चुरी बैंक पुगेका थिए । लगत्तै कारोबार हुनलाग्दा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

निर्माण भइरहेको विमानस्थलमा अहिलेसम्म २१ अर्ब ५० करोड रुपैयाँ बढी मुआब्जा वितरण भइसकेको छ । विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिएको जमिनको मुआब्जा वितरण गर्न २३ अर्ब रुपैयाँ लाग्ने जनाइएको छ।

विमानस्थलमा कार्यरत कर्मचारीले मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै चलखेल गरिरहेको गुनासो पटक–पटक आउने गरेको थियो। पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भुसालले जनाए।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ३ : १८ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज