९ श्रावण २०८३, शनिबार | July 26, 2026

बुटवलमा भारतबाट भित्राइएको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद



बुटवल । बुटवल प्रहरीले भारतबाट बुटवल तर्फ ल्याइँदै गरेको ६ सय केजी प्रतिबन्धित मरेको माछा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले भन्सार छलेर बुटवल तर्फ ल्याउँदै गरेको उक्त परिमाणको प्रतिबन्धित मरेको माछा बरामद गरेको हो ।

प्रहरीका अनुसार आज दिउँसो १ बजेको समयमा बुटवल ११ योगिकुटीचोकमा बेलहियाबाट बुटवल तर्फ आउँदै गरेको बस खानतलासीका क्रममा बैखी जातको प्रतिबन्धित माछा बरामद भएको हो ।

भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ओसार पोसार भई रहेको सूचनाको आधारमा भैरहवाबाट बुटवलतर्फ आउदै गरेको माइक्रो बस चेकजाँच गर्दा बसको पछाडि डिक्कीमा लुकाई छिपाई राखेका प्लाष्टिकको ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखि जातका मरेका माछा फेला परेको बुटवल प्रहरी प्रमुख विजयराज पण्डितले बताए ।

बरामद भएको माछालाई स्थानीय प्रतिनिधिको रोहवरमा इलाका प्रहरी कार्यालयको कम्पाउण्ड भित्र खाडल खनी नष्ट गरी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ७ : ०४ बजे

रसुवाको भोटेकोसीमा गाडीसहित चालक बेपत्ता

काठमाडौँ । चीनबाट आयात भएको एसआरएम कम्पनीबाट निर्मित विद्युतीय इभी

प्राधिकरणद्वारा मूल्य अभिवृद्धि करबारे आन्तरिक राजस्व कार्यालयसँग राय माग

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आर्थिक ऐन, २०८३ अनुसार असार

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

बुटवल । रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

क्यान्सर अस्पतालको फार्मेसी सेवा विस्तार

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल

काठमाडौंको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको