२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

प्रहरीलाई घुस दिन खोज्ने ९ जना चालक पक्राउ



हेटौंडा । प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने ट्रक, सुमो नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । यसअघि वडा प्रहरी कार्यालय हेटौंडाले पनि घुस दिन खोज्ने एक सवारी चालकलाई नियन्त्रणमा लिएको थियो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले नियम विपरीत गलत ढंगले चलाएका सवारीलाई चेकजाँच गर्दा प्रहरीलाई प्रलोभनमा पारेर घुस दिन खोजेकोले ९ जना चालकलाई नियन्त्रणमा लिएको बताए ।

ड्युटीमा रहेको प्रहरीलाई गलत ढंगले घुस दिन खोज्ने र स्वयंम प्रहरीले घुस खाए प्रहरीलाई पनि कारवाही गरिने उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४१ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात