४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रहरीलाई घुस दिन खोज्ने ९ जना चालक पक्राउ



हेटौंडा । प्रहरीलाई घुस दिन खोज्ने ९ वटा सवारीका चालक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको प्रहरी टोलीले हेटौँडा–१५ रातोमाटामा नियम विपरित संचालनमा आएका ९ सवारी जाँच गर्ने क्रममा सवारी चालकले प्रहरीलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिइएको हो ।

ईलाका प्रहरी कार्यालय पशुपतिनगरले घुस दिन खोज्ने ट्रक, सुमो नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । यसअघि वडा प्रहरी कार्यालय हेटौंडाले पनि घुस दिन खोज्ने एक सवारी चालकलाई नियन्त्रणमा लिएको थियो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक शुसिल सिंह राठौरले नियम विपरीत गलत ढंगले चलाएका सवारीलाई चेकजाँच गर्दा प्रहरीलाई प्रलोभनमा पारेर घुस दिन खोजेकोले ९ जना चालकलाई नियन्त्रणमा लिएको बताए ।

ड्युटीमा रहेको प्रहरीलाई गलत ढंगले घुस दिन खोज्ने र स्वयंम प्रहरीले घुस खाए प्रहरीलाई पनि कारवाही गरिने उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ८ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको