१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

यती एयरलाइन्सले थप्यो २ वटा ७२ सिटको जहाज



काठमाडौं ।  यती एयरलाइन्सले नेपाली आकाशका लागि एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर ७२–५००’ सिरिजको जहाज थप गरेको हो।

थप भएको जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन् । विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५ः२० र ५ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।

यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।

हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।

यद्देपी नेपाली विमान कम्पनी यती एयरलाइन्स सन् २०२४ मा हवाई यात्रुहरूले चढ्न नहुने विमान कम्पनीको सूचीमा परेको छ।

टिकर न्युज डट कोले सोमबार सार्वजनिक गरेको यस्तो सूचीमा समावेश विश्वका तीन विमान कम्पनीमा नेपालको यती एयरलाइन्स पनि परेको हो।

इन्डोनेसियाको लायर एयर, नेपालको यती एयरलाइन्स र पपुवा न्यु गिनीको पीएनजी एयर चढ्न नहुने हवाई कम्पनीमा परेका हुन्।

 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : १४ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत