४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

बैंकको ब्याज दुई पक्षको सहमतिमा मात्रै बढाउनु पर्छ : केपी ओली



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई पक्षको सहमति बिना बैंकको ब्याजदर बढाउन नपाइने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बैंक, बीमा तथा वित्तीय संस्था कर्मचारी सङ्घ नेपालको सातौँ राष्ट्रिय महाधिवेशनमा उहाँले बैंकले एकतर्फी रुपमा ब्याजको दर बढाउने गरेको भन्दै दुई पक्षीय सहमति बिना ब्याजको दर घटबढ गर्न नपाइने व्यवस्था गर्नुपर्ने बताताए ।

“बैंकबाट नौ प्रतिशतमा लिएको ऋण केही समय १०, १२ हुँदै १४ प्रतिशतसम्म पुग्ने गरेको छ”, अध्यक्ष ओलीले भने, “उक्त ऋण तिर्न जाँदा ब्याजले सेवाग्राहीलाई समस्यातर्फ धकेलिरहेको हुन्छ ।” उहाँले ऋण लिने र दिने दुवैको सहमतिबाट ब्याजको दर फेरवदल गर्नुपर्ने धारणा राखे ।

“नौ प्रतिशतमा ल्याइएको ऋणको ब्याज १२–१४ प्रतिशत कहाँबाट ल्याएर तिर्ने ? ऋणीलाई कहाँबाट प्रतिफल आउँछ र तिर्ने रु”, अध्यक्ष ओलीले भने, “हामीलाई मर्का प¥यो त्यस कारण ब्याजको दर बढायौँ । अर्का ऋणीलाई परेको मर्का कसले हेर्ने ? सहमतिका आधारमा निश्चित मापदण्ड बनाएर ऋण लिने र दिने व्यवस्था गर्नुपर्छ ।” धितो र ऋण असुल गर्नुमात्र बैंकको काम नभएकोसमेत उनले बताए ।

बैंकले लगानी गरेपछि उक्त रकम सदुपयोग भएको छ कि छैन भनेर अनुगमन गर्नुपर्ने अध्यक्ष ओलीको भनाइ थियो । बैंक विकासको सहयोगी बन्नुपर्ने भन्दै उनले सानो पुँजीबाट केही सुरुआत गरौँ भन्नेलाई बैंकले ऋण दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको आर्थिक अवस्था बिग्रिरहेकाले सरकारले सुधार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ५ : १७ बजे

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको