५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

काठमाडौंमा बेहोस भेटिएका युवकको मृत्यु



काठमाडौं। काठमाडौंको सडकमा बेहोस अवस्थामा भेटिएका एक जनाको निधन भएको छ। काठमाडौंको गोठाटारमा कृषि फार्म सञ्चालन गर्ने युवक बिहीबार गोठाटारकै सडकमा राति १२ बजेतिर बेहोस अवस्थामा फेला परेका थिए।

त्यसरी फेला पर्नेमा ३३ वर्षीय दिलीप कट्टेल रहेका छन्। उनको आज वीर अस्पतालमा मृत्यु भएको हो।

उनी मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेको बानेश्वर प्रहरी प्रमुख डीएसपी शिवराज बुढाथोकीले जानकारी दिए। प्रहरीले उनीसँगै बसेर मादक पदार्थ सेवन गरेका चार युवालाई घटनाबारे सोधपुछ गर्न नियन्त्रणमा लिएको छ। प्रहरीको नियन्त्रणमा रहेका युवाहरू मृतक कट्टेलकै साथी हुन्।

कट्टेल बेहोस हुँदा उनका साथीहरू कहाँ थिए भन्नेबारे सोधपुछ गर्न प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। मृतकको शरीरको बाहिरी भागमा भने कुनै चोट देखिएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछि प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ६ : २५ बजे

झापा-५ मा आज ओलीको चुनावी प्रतिबद्धता-पत्र सार्वजनिक हुँदै

झापा । नेकपा एमालेका अध्यक्ष तथा झापा-५ बाट प्रतिनिधिसभा सदस्य

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको

ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा शुल्कमा ५० प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकबाट अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी गर्दा सेवा

जितेन्द्र नारायण देव पुनः कांग्रेसमै फर्किए

काठमाडौं । नेकपा एमालेबाट अलग भएर बसेका जितेन्द्र नारायण देवले

पूर्वीतराई जोड्ने दिक्तेल-रेग्मीटार सडकमा घर्तीभिरको चट्टान फुटाउन सुरु

खोटाङ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारलाई पूर्वी तराईका जिल्लासँग