२९ भदौ २०८३, सोमबार | September 15, 2026

प्रेस चौतारी नेपालको स्थापना दिवसमा रुपन्देहीमा ४० जनाद्वारा रक्तदान



बुटवल । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले रक्तदान कार्यक्रम गरेको छ । एक कार्यक्रमका बिच सोमबार केन्द्रीय सचिव प्रदिप आचार्यले जिल्ला शाखाका अध्यक्ष लक्ष्मण पौडेललाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

पत्रकार हकहितसँग सामाजिक उत्तरदायित्वमा अग्रसर रहेको प्रेस चौतारी नेपालले आफ्नो स्थापना दिवसमा देशभर नै रक्तदानको अभियानलाई अघि बढाएको केन्द्रीय सचिव प्रदिप आचार्यले बताए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहानले रगत र रक्तदानको महत्वबारे प्रकाश पारे । पछिल्लो समय पत्रकारहरुसमेत रक्तदानमा अग्रसर हुँदा रक्तदानका समाचारमा प्राथमिकता पाउन थालेको उनले बताए । प्रत्येक ३-३ महिनामा शरिरमा खेर जाने रगत तत्वलाई दान गर्दा बिरामीहरुको ज्यान जोगाउन सकिने उनले बताए । यो दान सबैभन्दा पुण्य कार्यसमेत भएको उनले बताए ।

कार्यक्रममा अध्यक्ष लक्ष्मण पौडेलले सामाजिक उत्तरदायित्वमा पत्रकार अघि बढ्न प्रेरणा मिल्ने गरी कार्यक्रम गरिएको बताए । रक्तदान अभियानमा संस्थागत रुपमा जोडिएर काम गर्दै आएको उनले बताए । कार्यक्रममा सल्लाहकार दिनेश पाण्डे, ईन्दिरा अर्याल, आरपी आचार्य, प्रदेश सदस्य मनिष पन्त, खेलकुद पत्रकार मञ्चका अध्यक्ष सुमन अधिकारी, राष्ट्रिय युवा संघ रुपन्देही जिल्ला अध्यक्ष विकासजंग बस्नेत, मानव अधिकार तथा शान्ति समाजका सभापति कृष्ण भट्टराई, रक्तसंचार सेवा केन्द्रका निरंजन राजभण्डारीले सामाजिक कार्यमा सबै संघसंस्थाहरु लाग्नुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ११ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ