२१ बैशाख २०८३, सोमबार | May 4, 2026

विवाह गर्ने उमेर नपुगेका किशोरीहरु धमाधम बच्चा जन्माउँदै



हेटौंडा । नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेपनि सानै उमेरमा विवाह गर्ने र कलिलो अवस्थामा नै सन्तान जन्माउने क्रम भने रोकिएको छैन । हेटौंडा अस्पतालमा चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) को अवधिमा मात्र १४२ जना किशोरीहरू आमा बनेका छन्।

अस्पतालको तथ्याङ्क अनुसार मात्रै पुस महिनामा १२ जना किशोरी आमा भएका हुन्। पुस महिनामा मात्र २७५ जना गर्भवतीले यहाँ उपचार गराएका थिए।

यसअघि साउनमा २७, भदौमा २५, असोजमा ३३, कात्तिकमा २२ र मंसिरमा २३ जना किशोरी आमा बनेका थिए। यो अवस्थाले बालविवाहको प्रचलन रहेको देखाउँछ।

नेपालमा कानुनले नै २० वर्षमुनि विवाह गर्न नपाउने व्यवस्था गरेको छ। तर, प्रचलित सामाजिक मान्यता र परम्पराका कारण यसको उल्लङ्घन हुँदै आएको छ।

बालबालिका र किशोरकिशोरीको भविष्यमा गम्भीर असर पार्ने बालविवाह रोक्न सरकारी, गैरसरकारी तथा सरोकारवाला सबै पक्षले प्रभावकारी रूपमा कार्य गर्नुपर्ने माग गरिएको छ। साथै, यसका लागि कानुन कडाइका साथ कार्यान्वयन हुनु जरुरी रहेको बताइएको छ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १० : ३९ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र