२९ भदौ २०८३, सोमबार | September 15, 2026

वरपिपल र पानीका मुहान जोगाउन अर्घाखाँचीमा बाँस हटाउने अभियान


२३ माघ २०८०, मंगलबार  

221
Shares

अर्घाखाँची । सार्वजनिक जग्गामा लगाइएका बाँसले पानीका मुहान सुक्ने र वर पिपलजस्ता रुखहरु मासिँदै जान थालेपछि यहाँ सार्वजनिक जग्गामा लगाएका बाँस हटाउन सूचना जारी गरेको छ ।

भूमिकास्थिान नगरपालिका–६ खिल्जीमा वडा अध्यक्ष प्रेमनारायण वेल्वासेको अध्यक्षतामा बसेको जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायको सर्वपक्षीय भेलाले सार्वजनिक जग्गामा लगाइएका बास हटाउने सार्वजनिक सूचना जारी गरेको हो ।

बाँसले ऐतिहासिक महत्व बोकेका रुखलाई विस्थापित गर्न लागेको भन्दै वडाले सार्वजनिक सूचना जारी गरेर हटाउन लगाएको हो । बाँसका कारण अन्य रुख मासिने र पानीका मुहान पनि सुक्ने, सुक्खायाममा आगलागीको पनि जोखिम हुने भएकाले सार्वजनिक जग्गामा लगाएका बाँस हटाउने अभियान शुरु गरेको हो ।

निजी जग्गामा लगाएका बाँसले आँप, पिपल र बरजस्ता रुखलाई असर गरेको र पानीको मूलमा भए तत्काल हटाउन भनेको छ ।

“बर र पिपललाई चाहिने पानी र घाम बाँसले लिन्छ र बरपिपल भोको रहन्छ । अनि बिस्तारै मर्दै जाने भएकोले बाँस हटाउने अभियान प्राकृतिक संरक्षणको लागि राम्रो छ”, सामाजिक अगुवा प्रकाश बेल्बासेले बताए ।

वडाले चैत २५ गतेसम्म सार्वजनिक जग्गामा लगाएका बास र पानीको मुहान असर गर्ने गरी लगाइएको बास हटाउन वडा कार्यालयले सूचना जारी गरेको हो । रासस

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ०१ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ