१३ जेष्ठ २०८१, आइतबार | May 26, 2024

बुटवलको नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शनमा ५ सय रुपैयाँमा खान र एक रात बस्न पाईने



बुटवल । बुटवलको पुरानो बसपार्क नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज थप नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएका छन । दुई उद्यमी कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा सुमेरु दर्शनलाई नयाँ ब्यवस्थापनसहित संचालनमा ल्याएका हुन ।

गैरे एक दशकदेखि होटर व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लागेका हुन् । ‘म २४ वर्षदेखि सरकारी जागिर पेशामा छु । अब अहिले अवकाशको प्रक्रिया मिलाउँदै छु । त्यसपछि अबको बाँकी समय पूर्ण रुपमा यही व्यवसायमा रहेर काम गर्छु’-पन्थीले भने ।

बुटवलको पर्यटन विकासमा टेवा पुराउने उद्धेश्यले लज संचालनमा गर्ने सोच आएको संचालक रुपलाल पन्थीले बताए । बुटवलमा नयाँ ढंगबाट पर्यटन प्रवद्र्घन गर्ने गरी फेमिली, अफिसियल कोठाहरु नामाकरण गरिएको छ । लजमा ५० क्षमताको मिटिङ हलसहित तल्लो तलामा किचनसहितको ओपन रेष्टुरेन्ट छ । साथै लजको लगानी ५० लाख रहेको उनले बताए ।

लजमा शैक्षिक भ्रमणमा आउनेहरुलाई लक्षित गरी कमन कोठाको ब्यवस्था रहेको छ । भवनको रुफटफबाट पहाडको हरियाली सहित, बुटवल शहरको आकर्षक र मनोरम दृश्य देख्न सकिने छ । लजमा साउथ इन्डियन डोसा, विरयानी र तन्दुरी लगायतका परिकार उपलब्ध हुने अर्का संचालक गैरेले बताए । उनका अनुसार ५०० रुपिँयामा खान र एक रात बस्न सकिने बताए । ग्राहकको सहजताका लागि आफुहरुले सबै परिकारको मूल्य सूचि बाहिर नै राखेको बताए । लजमा अट्याज रुम, फेमिलि रुम र अफिस रुम रहेका छन् भने त्यहाँ १३ जनाले रोजगारी समेत पाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : १८ बजे

नारायणगढ-मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु

मुग्लिन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी

बालेनलाई सडक डिभिजन कार्यालयको चेतावनी- अराजक कार्य सही हुदैन, प्रतिकार गर्छौं

काठमाडौं । सडक डिभिजन कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र

हरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेलमा नेपाल विजयी

काठमाडौं । आइसीसी टी-२० विश्व कपको तयारीका लागि अमेरिकामा रहेको

पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर सुरु

ललितपुर । पोलियोविरुद्ध ‘आइपिभी’ खोप अभियान देशभर प्रारम्भ भएको छ