२९ भदौ २०८३, सोमबार | September 15, 2026

बुटवलको नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शनमा ५ सय रुपैयाँमा खान र एक रात बस्न पाईने



बुटवल । बुटवलको पुरानो बसपार्क नेपालगञ्ज रोडमा रहेको सुमेरु दर्शन तन्दुरी भोजनालय एण्ड लज थप नयाँ ब्यवस्थापनका साथ संचालनमा ल्याएका छन । दुई उद्यमी कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा सुमेरु दर्शनलाई नयाँ ब्यवस्थापनसहित संचालनमा ल्याएका हुन ।

गैरे एक दशकदेखि होटर व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लागेका हुन् । ‘म २४ वर्षदेखि सरकारी जागिर पेशामा छु । अब अहिले अवकाशको प्रक्रिया मिलाउँदै छु । त्यसपछि अबको बाँकी समय पूर्ण रुपमा यही व्यवसायमा रहेर काम गर्छु’-पन्थीले भने ।

बुटवलको पर्यटन विकासमा टेवा पुराउने उद्धेश्यले लज संचालनमा गर्ने सोच आएको संचालक रुपलाल पन्थीले बताए । बुटवलमा नयाँ ढंगबाट पर्यटन प्रवद्र्घन गर्ने गरी फेमिली, अफिसियल कोठाहरु नामाकरण गरिएको छ । लजमा ५० क्षमताको मिटिङ हलसहित तल्लो तलामा किचनसहितको ओपन रेष्टुरेन्ट छ । साथै लजको लगानी ५० लाख रहेको उनले बताए ।

लजमा शैक्षिक भ्रमणमा आउनेहरुलाई लक्षित गरी कमन कोठाको ब्यवस्था रहेको छ । भवनको रुफटफबाट पहाडको हरियाली सहित, बुटवल शहरको आकर्षक र मनोरम दृश्य देख्न सकिने छ । लजमा साउथ इन्डियन डोसा, विरयानी र तन्दुरी लगायतका परिकार उपलब्ध हुने अर्का संचालक गैरेले बताए । उनका अनुसार ५०० रुपिँयामा खान र एक रात बस्न सकिने बताए । ग्राहकको सहजताका लागि आफुहरुले सबै परिकारको मूल्य सूचि बाहिर नै राखेको बताए । लजमा अट्याज रुम, फेमिलि रुम र अफिस रुम रहेका छन् भने त्यहाँ १३ जनाले रोजगारी समेत पाएका छन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ४ : १८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ