४ पुस २०८२, शुक्रबार | December 20, 2025

केन्द्रीय कमिटी बैठकको माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए केन्द्रीय कार्यालयमा हस्ताक्षर



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटि बैठकको माग गर्दै १५२ जना केन्द्रीय सदस्यहरुले पार्टी कार्यालयमा हस्ताक्षर बुझाएका छन् ।

पार्टीभित्र शिर्ष नेताहरुमा चरम प्रकारको अन्तरविरोध देखिएपछि सबै विवाद केन्द्रीय कमिटी बैठकबाट हल गर्नुपर्ने भन्दै केन्द्रीय सदस्यहरुले हस्ताक्षर बुझाउन लागेका हुन् । पार्टी केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएको केन्द्रीय सदस्य हिमाल शर्माले खबरकुरालाई बताए ।

नेता शर्माले भने, ‘शिर्ष नेताहरुबीच देखिएको बेमेल पार्टीको सर्वोच्च निकाय केन्द्रीय कमिटीबाट हल गर्नुपर्ने भन्दै हस्ताक्षर बुझाएका हौं ।’ हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरुले अध्यक्षद्वयलाई सम्बोधन गरेका छन् । पार्टी विभाजनको अस्वस्थामा पुगेपछि समाधानका लागि बैठक माग गरिएको नेता शर्माले बताए ।

केन्द्रीय कार्यालयमा बुझाइएको हस्ताक्षरपत्रमा भनिएको छ, ‘हाम्रो प्रिय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकताबद्ध र झनै सुदृढ बनाएर लैजानु पर्ने वर्तमान परिस्थितिमा पार्टीभित्रको विवादले हामी केन्द्रीय सदस्यहरुलाई चिन्तित बनाएको छ । हाल देखिएका सबै विवाद र समस्याहरूको समाधान पार्टीको बैठकमा गहन छलफल गरी विधि–पद्धति बमोजिम समाधान गरिनुपर्दछ भन्ने हाम्रो ठहर छ । यसर्थ पार्टी विधानको धारा–५९, (क) ४ बमोजिम यथाशिघ्र केन्द्रीय समितिको बैठक बोलाइयोस् ।’

नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति संघर्ष चर्किदै जाँदा पार्टी नै फुटको अवस्थामा पुगेको छ ।
गत असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक असार १६ गतेदेखि अन्तसंघर्षकै कारण निरन्तर अवरुद्ध हुँदै आएको छ ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक अध्यक्ष ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्ड पक्षधर नेताहरुले बालुवाटारमै बैठक गरेका थिए । तर, ओली र उनी पक्षधर नेताहरुको अनुपस्थितिमा भएको सो बैठकले ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रस्ताव नै पारित गरेको थियो ।

नेकपाको अन्तरिम विधानअनुसार २५ प्रतिशत सदस्यले माग गरे केन्द्रीय कमिटी बैठक बोलाउनै पर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको