३ पुस २०८२, बिहिबार | December 19, 2025

‘स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यको रुपमा विकास गर्नुपर्छ’



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले स्पा व्यवसायलाई पर्यटन स्वास्थ्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् । स्पा सङ्घ नेपालको तेस्रो वार्षिकोत्सव एवं अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले स्पा व्यवसायलाई व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरे ।

“स्पा व्यवसायलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक छ, यसलाई चिर्नका लागि यस क्षेत्रमा कार्यरत कर्मचारीलाई आवश्यक तालिम प्रदान गरी व्यावसायिकरूपमा अगाडि बढाउन जरुरी छ”, नेता श्रेष्ठले भने । सरकारले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनको भनाइ थियो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले मुलुकको अर्थतन्त्रको बलियो आधार स्पा क्षेत्र भएकाले यसलाई मर्यादित ढङ्गले सञ्चालन गर्नुपर्ने बताए । “स्पा क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्यका लागि स्पा सङ्घले पहल गर्नुपर्छ”, उनले भने । स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न वडा कार्यालय तयार रहेको उनको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पर्यटन र स्पा व्यवसायलाई सँगसँगै अगाडि बढाउनुपर्ने बताए । पर्यटन व्यवसायी कर्ण शाक्यले अलग, फरक र मौलिकपन भए मात्र पर्यटन प्रवर्द्धन हुने बताए । “अहिले संस्कृति र प्रकृतिमार्फत मुलुकको पर्यटन प्रव्द्धन गरिँदै छ, अब स्पामार्फत पर्यटन प्रवर्द्धनमा लाग्नुपर्छ”, उनले भने । स्पा व्यवसायी रामदेव महतोले प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा स्पा क्षेत्रलाई सरकारले अगाडि बढाउनुपर्नेमा जोड दिए ।

स्पा सङ्घ नेपालका अध्यक्ष शुभलाल थिङले स्पा क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न सङ्घ लागिपरेको बताए । विसं २०७८ मा स्थापना भएको सङ्घमा हाल दुई दर्जनभन्दा बढी स्पा व्यवसायी आबद्ध छन् । कार्यक्रममा स्पा क्षेत्रमा लामो समय योगदान दिएका काठमाडौँ स्पाका सञ्चालक निलप्रसाद मिश्र र रियल थेरापी तथा ब्यूटी प्वाइन्टका सञ्चालक भविश्वर शर्मा र ट्याङ्कुलिटी स्पाका सञ्चालक रामेश्वर फैजुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ०० बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको