२३ बैशाख २०८१, आइतबार | May 5, 2024

युएस बंगला दुर्घटना पीडितको मुद्दाको कामकारवाही रोक्न सर्वोच्च अदालतद्वारा अस्वीकार



काठमाडौं । युएस बंगला एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका नेपाली विद्यार्थीहरुको आमाबाबुले क्षतिपूर्ति माग दावी गरी काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दाको कारवाही यथास्थितिमा राख्न बिमान कम्पनीले माग गरे अनुसार अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले इन्कार गरेको छ।

विमान कम्पनी र पीडित दुवै तर्फको सुनुवाइ पछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नमिल्ने भनी आदेश दिएको हो।

सबोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजालासले जारीको गरेको आदेशमा अधिकारक्षेत्र र हकदैयाको सम्बन्धमा नियमित अदालतबाट विवेचना गरी निरोपण भएको सन्दर्भमा जिल्ला अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पर्ने गरी अन्तरिम आदेश दिन नमिल्ने भनिएको छ । …अहिले नै सो मुद्दामा थप काम कारवाही अघि बढाढाई यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गर्नको लागि न्यायोचित र मनासिब आधार विद्यमान नभएको तथा निवेदकलाई अपूरणीय क्षति पुग्ने अवस्था पनि नदेखिएको हुँदा सुविधा सन्तुलनको दृष्टिकोणबाट समेत निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन.. सर्बोच्चको आदेशमा भनिएको छ ।

सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उक्त दुर्घटनाका पीडितलाई नेपालमा मुद्दा गर्न अधिकारक्षेत्र समेत नभएको भन्दै बन्दाबन्दीको अवधिमै विमान कम्पनी एवं बीमा र पूनर्बीमा कम्पनी समेत सर्वोच्च अदालत गएका थिए ।

युएस बंगला एयरलाइनस् र सोको चालकको हेलचेक्रयाइँ र चरम लापरवाहीबाट दुर्घटना भई उक्त विमानमा सवार नेपाली नागरिकहरुको मृत्यु भएको सम्बन्धमा सात जना पीडितको आमाबाबुले दायर गरेको क्षतिपूर्तिसम्बन्धी मुद्दाको न्याय निरुपण गर्न नेपालमै अधिकारक्षेत्र कायम हुने भनी काठमाडौं जिल्ला अदालतले २०७६ मंसिर १९ गते गरेको आदेश उच्च अदालत पाटनले गत २०७६ फाल्गुन २३ गते सदर गरेको थियो ।

उच्च अदालत पाटन र जिल्ला अदालत काठमाडौंबाट भएका आदेशहरु उपर कानून बमोजिम कतै मुद्दा नलाग्ने भएपनि विमान सञ्चालक कम्पनी एवं उसका बीमा र पूनर्बीमा कम्पनीले जिल्ला अदालतमा विचाराधीन मुद्दाको सबै कामकारवाही समेत रोक्न अन्तरिम आदेश माग गरेर रिट दायर गरेका थिए।

उडान नम्बर युवीजी २११ नम्बर जहाज दुर्घटनामा चालक दलका ४ जना सदस्य सहित ५१ जनाको मृत्यु भएको थियो । बम्बार्डिएर डुयास ८–४०० सिरिजको ७२ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै गरेको अवस्थामा धावनमार्गमा दुर्घटना भएको थियो ।

पाइलट सुल्तानले टु जिरो बाट जहाज अतवरण गर्नेक्रममा पाइलटले मिस अप्रोच लिएपछि जहाज दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ७ : १७ बजे

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त