५ फाल्गुन २०८२, मंगलबार | February 17, 2026

रामजानकी मन्दिरका भौतिक संरचना जीर्ण



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरस्थित रामजानकी मन्दिरका भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छन् । स्थानीय बासिन्दाले तीन दशकअघि चन्दा सङ्कलन गरी सो मन्दिर निर्माण गरेका थिए ।

मन्दिरको जीर्णाद्धार गर्नका लागि आर्थिक अभाव भएको रामजानकी धार्मिक पर्यटकीय विकास समितिका अध्यक्ष लालबहादुर ऐरले बताए । “मन्दिरको गुम्बजमा लगाइएको प्लास्टर खस्न थालेको छ,” उनले भने, “प्लास्टर खसेर सरिया देखिन थालेका छन्, समितिसँग मर्मत-सम्भार गर्नका लागि आवश्यक रकम छैन ।” उनका अनुसार स्थानीय समाजसेवीको पहलमा मन्दिर परिसरमा निर्माण गरिएको एक सय आठ शिवलिङ्ग रहेको चक्रव्यूह मर्मत-सम्भारका पर्खाइमा रहेको छ । मन्दिरको जीर्णोद्धार गरिदिनका लागि नगरपालिका सहितका दातृ निकायलाई आग्रह गरिएको उनले बताए । मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत-सम्भार नगरिए दुर्घटना निम्तिन सकिने उनको भनाइ छ ।

नगरप्रमुख रणबहादुर महराले चालु आर्थिक वर्षको बजेटमा रामजानकी मन्दिरका लागि रु तीन लाख बजेट विनियोजन गरिएको जानकारी दिए । मन्दिर व्यवस्थापन समितिले निर्णय गरी मन्दिर जीर्णोद्धार वा कुन क्षेत्रमा बजेट खर्च गर्ने भन्नेबारे निर्णय गरी भौतिक संरचना मरमत गरिने बताए । “बजेटको व्यवस्था गरिदिएका छौँ,” उनले भने, “समितिका पदाधिकारीले निर्णय गरी उपयुक्त क्षेत्रमा बजेटको सदुपयोग गर्नुपर्छ ।”

समितिका अध्यक्ष ऐरका अनुसार मन्दिरको संरक्षणमा रहेको जग्गा समेत अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणकारीहरुले सालको सुकेको रूख घेरेर टिनको अस्थायी पर्खाल निर्माण गरेका छन् । तीन वर्षअघि देखि जग्गा अतिक्रमण गरी पक्की घरहरु निर्माण गरिएका छन ।

शुक्लाफाँटा–११ वडाअध्यक्ष शेर बहादुर साउदले तत्काल अतिक्रमण हटाउनका लागि अतिक्रमण गर्नेहरुलाई मन्दिर समितिका पदाधिकारीको रोहवरमै कार्यकक्षमै बोलाएर भनिसकिएको जानकारी दिए । अतिक्रमण तत्काल हटाउने सहमति गरे पनि अतिक्रमण अहिलेसम्म हटाइएको भने छैन । मन्दिरमा मङ्सिरदेखि असार महिनासम्म विवाह, व्रतबन्ध गर्नेहरुको घुइँचो लाग्ने गर्दछ । दिनमा दुईदेखि तीनवटासम्म विवाह, व्रतबन्ध गर्ने व्यक्तिहरुको समूह मन्दिरमा पुग्ने गर्दछन् ।

समितिले विवाह, ब्रतबन्ध गर्नेहरुलाई आवश्यक भाँडाकुँडा, खानेपानी, शौचालय, विवाहमण्डपलगायत व्यवस्था मिलाउने गर्दछ । व्यवस्था मिलाएबापत समितिलाई विवाह, व्रतबन्ध गर्नेहरुले रु दुई हजार पाँच सय २५ शुल्क बुझाउनुपर्ने नियम बनाइएको छ । शुल्कबापत उठेको रकम मन्दिर परिसरको सरसफाइ, पुजारीलाई दक्षिणा दिनमै ठिक्क हुने गरेको अध्यक्ष ऐरको भनाइ छ । गत आवमा नगरपालिकाको रु सात लाख बजेटमा निर्माण सुरु गरिएको तीनकोठे भवनको छत ढलान गरिएको छ । छत ढलानपछि भवनमा झ्याल ढोका, पर्खाल, प्लास्टर, फर्स ढलानलगायत कार्य आवश्यक बजेट अभाव हुँदा निर्माणको कार्य अगाडि बढ्न नसकेको अध्यक्ष ऐरले बताए । मन्दिर एक बिघा १७ कट्ठा क्षेत्रफलमा फैलिएको छ । मन्दिर स्थानीय समाजसेवीको पहलमा २०५२ सालमा स्थापना गरिएको हो ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ७ : ४४ बजे

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन

बुटवलको सेमलारमा भोलीदेखी श्रीमद् भागवत महायज्ञ सञ्चालन हुँदै

बुटवल । राष्ट्रिय परोपकार महासंघ रुपन्देहीको आयोजनामा बुटवल १५ सेमलार

विश्वदीप निरन्तर घरदैलोमा, मतदातामा उत्साह

बुटवल । रुपन्देही क्षेत्र नं-२ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले

११ औं संस्करणको साई ग्लोबल कप सुरु, रुपन्देही क्याम्पस र साई ग्लोबलको विजयी सुरुवात

भैरहवा । मंगलबारदेखि भैरहवामा ११औं संस्करणको जिल्लास्तरीय अन्तरकलेज साई ग्लोबल

रासस ६५ औं स्थापना दिवश : निर्वाचन आचारसंहिता प्रभावकारी कार्यान्वयनमा जोड

बुटवल । राष्ट्रिय समाचार समिति(रासस) को ६५ औं वार्षिकोत्सवका अवसरमा