२ चैत्र २०८२, सोमबार | March 16, 2026

बालविवाह रोक्न ‘छोरी सुनौलो भविष्य कार्यक्रम’



नवलपरासी । पश्चिम नवलपरासीमा बालविवाह रोक्न चुनौती नै बनेको छ । लुम्बिनी प्रदेशभर देखिएको तथ्याङ्कअनुसार पश्चिम नवलपरासीमा बाल विवाह रोक्न चुनौती रहेको देखिएको हो ।

पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा बाल विवाह गर्ने तथ्याङ्कमा चौथो स्थानमा रहेको छ । यसैबीच जिल्लाको सुस्ता गाउँपालिकाले बालविवाह रोक्नलाई ‘छोरी सुनौलो भविष्य कार्यक्रम’ ल्याएको हो । पालिकाभित्र बालविवाह रोक्नका लागि गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत छोरी जन्मेपछि गाउँपालिकाले छोरीको नाममा पैसा दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताइन् ।

पालिकाले बालविवाह रोक्न र शिक्षामा अभिप्रेरित गर्नका लागि छोरी जन्मेपछि उसको नाममा रु २५ हजार उपलब्ध गराउँदै आएको उनले बताइन् । तर गाउँपालिकाले केही शर्त राखेको छ । जसमा पालिकाले कार्यविधि नै बनाएर अगाडि बढेको छ । गाउँपालिका उपाध्यक्षका अनुसार छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराइसक्नुपर्नेछ । त्यस्तै सुत्केरी अवस्थामा नेपाल सरकारले तोकेको मापदण्डअनुसार आठ पटकसम्म स्वास्थ्य तथा गर्भ परीक्षण, स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्ने, कक्षा १२ सम्म अध्ययन गराउनुपर्ने र दुई सन्तान मात्र भएको हुनुपर्ने छ ।

अध्ययनबाहेकका शर्त पूरा गरेपछि ४५ दिनभित्रै गाउँपालिकामा आमाबुबामध्ये एक जना संरक्षकले कागजात लिएर गाउँपालिकामा गएपछि पालिकाले खातामा रु २५ हजार जम्मा गरिदिन्छ । उक्त रकम २० वर्षपछि मात्र निकाल्न मिल्ने प्रावधान रहेको जनाइएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  १ : ३३ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित