१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

खानेपानी क्षेत्रलाई थप अत्याधुनिक गर्न दियालो टेक्नोलोजिज र जापानको सीटीआइ कम्पनीबीच सहकार्य



काठमाडौं । खानेपानीको क्षेत्रमा प्रविधि प्रयोग गरि अत्याधुनिक सेवा दिँदै आएको दियालो टेक्नोलोजिज प्रा.लि. र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेड बीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतासँगै दुबै कम्पनीले खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुने बताइएको छ ।

सम्झौता पत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरे ।

यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखिएको दियालो टेक्नोलोजिजले जनाएको छ । दियालाके अनुसार साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेका चुनौती समाधानगर्न प्रविधको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु गरिनेछ ।

दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सय भन्दा बढि संस्थाहरुमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको दियालो टेक्नोलोजिजले दाबी गरेको छ । सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड जापानको अग्रणी कम्पनी हो, जसले पूर्वाधार र दिगो शहरी तथा खानेपानीको क्षेत्रमा प्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ६ : ३४ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत