६ श्रावण २०८३, बुधबार | July 22, 2026

रानी केकको तेस्रो शाखा तिलोत्तमाको मणिग्राममा

शुभारम्भको अवसरमा ३ दिन सम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक दिइने



बुटवल । विगत तीन वर्षदेखि तुलसीपुरबाट सेवा दिदै आएको रानी केकले आफ्नो शाखा तिलोत्तमा नगरपालिकाको मणिग्राममा बिस्तार गरेको छ । माणिग्राम शाखाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणद्वारा उद्घाटन गरेका हुन ।

शाखा शुभारम्भको अवसरमा ३ दिन सम्म जन्मदिन पर्ने सबैलाई निःशुल्क केक प्रदान गरिने समेत सञ्चालक दिपक काफ्ले जानकारी दिए ।

दाङ्गमा आफ्नो सेवा पस्कदै आएको रानी केकको शाखा मणिग्राममा सञ्चालनमा ल्याईएको छ । २०७७ साल फागुन २६ गते तुलसीपुरमा सञ्चालनमा आएको रानी केक बजार बढाउँदै घोराही पछि तेस्रो शाखाको रुपमा मणिग्राममा पनि खुलेको हो ।

नेपालीहरुको बिशेष आवसर जस्तै जन्मदिन, विवाह, वैवाहिक वर्षगाँठ, वार्षिकोत्सवसँगै कुनै नयाँ कार्यको सुरुवात गर्दा केक काटेर खुसी साट्ने प्रचलन बढेसँगै केकको माग पनि बढ्दै गएको र ब्राण्ड बनिसकेको रानीकेक यसक्षेत्रमा शुरुवात गर्दै व्यवसायसंगै सामाजिक कार्य र रोजगारमा समेत प्रबर्द्धन गर्नुपर्छ भन्ने उदेश्यका साथ यो शाखा सुचारु गरेको काफ्ले जानकारी दिए ।

व्यवसायको वृद्धिसँगै ग्राहकको मागअनुसार व्यवसायलाई बढाउने क्रममा यस क्षेत्रको प्रमुख व्यापारिक नगर तिलोत्तमाको मणिग्राममा शाखा सञ्चालन गरेको काफ्ले जानकारी दिए । करिब साढे २२ लाखको लगानीमा मणिग्राम शाखा सञ्चालनमा ल्याईएको हो । वैदेशिक रोजगारीका क्रममा विदेशमा समेत बेकरी र केकसंग सम्बन्धित काम गर्दै आएका संचालकद्वय दिपक काफ्ले र रोमणी खनालले शाखा बिस्तार गरेका हुन ।

ग्राहकको चाहनाअनुसार विभिन्न साइज र डिजाइनका शुद्ध स्वस्थ्यबर्द्धक केक उत्पादन गरि सुपथ मुल्यमा बिक्री वितरण गर्ने लक्ष्यका लिएको अर्का सञ्चालक रोमणी खनालले बताए । बजारको माग र ग्राहकको चाहनाअनुसार यस क्षेत्र वरपर होम डेलिभरीसँगै १५ वर्षमुनिका अनाथ बालबालिका, रातो कार्डवाला अपाङ्गता भएका व्यक्तिहरू, ८० वर्षमाथिका ज्येष्ठ नागरिकसँगै नयाँ व्यवसाय सुरुवात गर्ने उद्यमीहरूलाई प्रोत्साहनका लागि निःशुल्क रूपमा केक उपलब्ध गराउने जमर्को समेत गरेको उनले बताए । युवाहरु सम्भावना त्यागेर पछिल्लो समय बैदेशिक रोजगारी र अध्ययनका लागि जाँदा ठुलो धनराशी विदेश गएको कुरालाई मध्यनजर गर्दै युवा लगानी सम्भावना र रोजगारीलाई समेत टेवा दिने उदेश्यका साथ रानीकेक अगाडी बढिरहेको जनाइएको छ ।

हाल रानी केकले मणिग्राम शाखामा ७ जनालाई रोजगारी दिएको छ ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : २२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज