११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

जिल्लाका सिडिओ र एसपी आफै प्लेकार्ड बोकेर जुलुसमा निस्केपछि…..



नेपालगन्ज । सामान्यतया नागरिकहरु प्लेकार्ड बोकेर सडकमा निस्के भने प्रहरी नागरिक सुरक्षामा तैनाथ हुन्छ । जिल्ला प्रशासन प्लेकार्ड बोक्नुपर्ने कारण खोज्दछ र सम्भाव्य अशान्ति हुन नदिन प्रहरीलाई निर्देशन गर्दछ । पक्षमा, विपक्षमा, समर्थनमा विरोधमा झण्डा, प्ले कार्ड बोकेर नागरिकको प्रदर्शन, ¥याली हुनुलाई लोकतान्त्रिक मुलुकमा सामाज्य मानिन्छ । कहिलेकाहिँ विशेष दिवसहरु मनाउन सरकारी कर्मचारीहरुलाई पनि जनचेतनामुलक नारा लेखिएका प्लेकार्ड बोकाएर सडकमा निकालिन्छ ।

बुधबार भने नेपालगन्जको दृष्य फरक देखियो । नागरिक, संघसंस्थाका प्रतिनिधिहरु, वा दल विशेषका कार्यकर्ताहरु प्लेकार्ड बोकेर हिँड्ने सडकमा जिल्लाका प्रशासन प्रमुख, प्रहरी प्रमुख र सम्बन्धित निकायमा सरकारी हाकीमहरु प्लेकार्ड बोकेर सडकमा निस्के ।

मातहतका निकायलाई निर्देशन गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक सहितको टोली लावा लस्कर लिएर जुलुसमा सहभागि बने ।

उनीहरुको एउटा हातमा प्लेकार्ड र अर्को हातमा मास्क थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना बुधबार बेलुका नेपालगन्ज बजारको सडकमा प्लेकार्ड बोकेर जुलुसमा निस्के र नागरिकलाई मास्क बाँड्दै हिँडे ।

अन्यदिन प्लेकार्ड सहित नागरिकले जुलुस निकाल्दा प्रहरीको हातमा लट्ठी हुन्थ्यो वा बन्दुक हुन्थ्यो, तर बुधबार प्रहरीले हातमा मास्क बोकेका थिए । मंगलबारसम्म पनि प्रहरीले सडकमा मास्क नलगाई हिड्नेहरुलाई सय रुपैयाँ जरीवाना तिराउने गर्दथ्यो ।

तर बुधबार भने प्रहरीले मास्क नलगाई हिँडेका बटुवाहरुलाई आफै मास्क लगाईदिँदै थिए । प्रहरीले मास्क नलगाई हिड्नेहरुलाई सम्झाइ बुझाई मास्क लगाउन अनुरोध गर्दै निशुल्क मास्क दिंदा सर्वसाधारण दङ्ग देखिन्थे ।

ुसिडिओ आफै प्लेकार्ड बोकेर जुलुसमा हिँड्नु नौलो र सकारात्मक बिषय हो ।ु नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरन्जिवि ओलीले भने । प्रजिअ कुरुम्बाङ नेतृत्वको टोलीले कोरोना विरुद्धको जनचेतना जगाउने प्लेकार्ड बोकेर नेपालगन्जको धम्बोझी चोकदेखि विपि चोक, त्रिभुवन चोक, त्रिवेणी मोड, न्यूरोड हुँदै धम्बोझीसम्म सडकमा हिड्ने पैदल यात्री, साइकल, मोटरसाइकल, रिक्साका चालक तथा सवारी र पसल, होटेलका संचालक तथा ग्राहकहरुलाई ‘मास्क लगाउनुपर्छ है, लिनुस मास्क’ भन्दै मास्क बाँडेका थिए । अशक्त, बालबालिका र निरक्षरहरुलाई सिडिओ र एपी आफैले मास्क पनि लगाईदिएका थिए । प्रजिअ नेतृत्वको टोलिले ५ हजार थान सर्जिकल मास्क बितरण गरेको प्रहरीले जनाएको छ ।

सिडिओ र एसपीसङ्गै नेपाली सेनाका कर्णेल नकुल थापा, सशस्त्र प्रहरी उपरीक्षक दिपक भण्डारी, राष्ट्रिय अनुसन्धान बाँकेका प्रमुख कमल भट्टराई, नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, पत्रकार महासंघका अध्यक्ष ठाकुर सिंह थारु लगायत मास्क वितरण र जनचेतना ¥यालीमा सहभागि भएका थिए ।

कुर्सिमा बसेर निर्देशन फर्माउने प्रशासन र प्रहरी प्रमुख आफै नागरिकको घरदैलोमा पुगेर चेतना फैलाएको नेपालगन्जमा पहिलो दृष्य भएको स्थानीयले बताएका छन् ।

केही समय पहिले लकडाउनको बेलामा लकडाउन उल्लंघन गर्नेहरुलाई सम्झाउन तथा कारबाही गर्नका लागि प्रजिअ कुरुम्बाङ आफै सडकमा निस्केका थिए भने मंगलबार बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना ट्राफिक व्यवस्थापन गर्नका लागि आफै व्हील लकर बोकेर अव्यवस्थित पार्किङ भएका गाडी लक गर्दै हिँडेका थिए ।

पछिल्लो समय संक्रमित बढ्दै गएको कारण खतरा बढ्दै छ भन्ने सन्देश दिन आफु सहितको टोलि नागरिकको घरदैलो हिँडेको प्रजिअ कुरुम्बाङले बताए । ‘१०० जरिवना प्रभावकारी भएन, त्यसले जनचेतना पनि ल्याएन, संकतका बेला नागरिकलाई पक्राउ गरेर थुन्न पनि भएन, त्यसैले सडकमा निस्कियौं ।’ प्रजिअ कुरुम्वाङले भने ।

बाँकेको पछिल्लो तथ्यांकले कोरोना विस्तारै समुदायमा फैलिएको संकेत गरेको छ । दैनीक ज्यालादारीमा काम गर्ने श्रमिक, व्यवसाय गर्ने मिठाई पसले देखि भिडभाड हुने सरकारी कार्यालयका कर्मचारीसम्म संक्रमण देखिनुले समुदायमा कोरोना पुगेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १० : ०१ बजे

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि

बुटवलमा जेठ १५ र १६ गते दोस्रो जिल्ला स्तरीय खुला पुरुष डोरी तान प्रतियोगिता हुने

बुटवल । नेपाल खेलकुद महासंघ रुपन्देहीको आयोजनामा आगामी जेठ १५

एसईईमा ‘फोर जीपीए’ ल्याउने ४७ विद्यार्थीलाई बुटवल उपमहानगरद्वारा सम्मान

बुटवल । बुटवल उपमहानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा

गणपति मिष्ठान्न भण्डारद्वारा ब्राण्ड दुरुपयोग भएको गुनासो

बुटवल । बुटवलमा करिब साढे दुई दशकदेखि सञ्चालनमा रहेको गणपति

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र