२९ मंसिर २०८२, सोमबार | December 15, 2025

६५ औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता हुने



बुटवल । बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसको अवसरमा विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ । १ लाख रासी पुरस्कार सहितको यो प्रतियोगीता फागुन १ र २ गते नगरपालिका परिषरमा हुने छ ।

बुटवल उपमहानगरपालिका नगर प्रमुख खेलाराज पाण्डेले प्रतियोगीताको तयारी पुरा भएको जानकारी दिए । सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी नगरप्रमुख पाण्डेयले प्रतियोगीतामा बुटवल उपमहानगरपालिका भित्रका ४४ वटा विद्यालयहरुको सहभागीता हुने जानकारी दिए । प्रतियोगीतामा प्रथम पुरस्कार १ लाख, द्धितिय ६० हजार, तृतिय २५ हजार नगद सहित पुरस्कार पाउने छन् ।

लोक सस्कृतिको जगर्ने गरी गरी बुटवल उपमहानरपालिकाले नगरस्तरिय लोक नृत्य प्रतियोगीता आयोजना गर्न लागेको नगरपालिका प्रमुख पाण्डेले बताए । पत्रकारसम्मेलनमा बोल्दै नगर प्रमुख पाण्डेय भने- ‘लोकसस्कृतिको जगर्ने, प्रर्वद्धनको लागि यो प्रतियोगीता आयोजना गरिएको हो, यसलाई आगामी दिनमा पनि निरन्तरता दिने हाम्रो योजना रहेको छ । ’

प्रतियोगीताका संयोजक बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायण बहादुर पुनले प्रतियोगीतामा मौलीक नेपाली भेषभुषा झल्कीने खालको हुनुपर्ने, कुनै पनि संस्था, जातीय, राजनीतिक, धार्मिक र व्याक्तिगत लान्छना लगाउन नपाईने नियम बनाइएको जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ५ : ४३ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले