५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

अवैध विदेशी मुद्रासहित एक महिला पक्राउ



काठमाडौं । लुकाई छिपाई दुबई लैजान लागेको विदेशी मुद्रासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिक-२ घर भएकी १९ वर्षीया सुस्मिता गोलेलाई प्रहरीले विदेशी मुद्रासहित पक्राउ गरेको हो ।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र ५ सय दरका २ सय ६० थान, २ सय दरका ४१ थान, १ सय दरका १ सय ८ थान गरी जम्मा १ लाख ४९ हजार साउदी रियाल र  ५ सय दरका ९ थान,२ सय दरका ३ थान, १ सय दरका ४९ थान गरी जम्मा १० हजार युएई दिराम तथा मोबाइल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ४ : २० बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन