५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बुटवलमा एक लाख रुपैयाँ पुरस्कार राशीको लोकनृत्य प्रतियोगिता शुरु



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनामा एक लाख रुपैयाँ पुरस्कार राशीको लोक नृत्य प्रतियोगिता शुरु भएको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि २ दिने लोक नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

लोकनृत्य प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए । उनले लोकसंस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले विद्यार्थीहरुको क्षमता प्रदर्शनका लागि लोकनृत्य प्रतियोगिता उपयोगी हुने बताइन् । उनले विद्यालयहरुलाई हरेक क्षेत्रमा क्षमता विकासका लागि विद्यार्थीहरुलाई सहभागी गराउनुपर्ने बताइन् ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले विद्यालयहरुलाई अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्ने थलोका रुपमा बुटवल उपमहानगरपालिकाले धेरै अवसरहरु प्रदान गरेकाले सदुपयोग गर्न आग्रह गरे ।

लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ विद्यालय सहभागी भएको र पहिलो दिन २२ वटा विद्यालयले प्रस्तुति देखाइसकेको लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नं १३ का अध्यक्ष नारायण पुनले बताए । उनका अनुसार प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ, द्वितीय हुनेले ६० हजार र तृतीय हुनेले २५ हजार रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ३८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं