२४ बैशाख २०८३, बिहिबार | May 8, 2026

बुटवलमा रोड टु न्यूजिल्याण्ड कार्यक्रम



बुटवल । एक्सेस एजुकेशन नेटवर्क प्रालिले नेपाली विद्यार्थीलाई लक्षित गरी गन्तव्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गरेको छ । १९ वर्ष अघि स्थापना र काठमाण्डौसहित देशका मुख्य मुख्य शहरहरुमा ७ वटा शाखा रहेको एक्सेस एजुकेशनले नेपाली विद्यार्थीलाई न्यूजिल्याण्ड, अष्टे«लिया, क्यानडा, युके र अमेरिकामा अध्ययनका लागि पठाउन सहजिकरण गर्दै आइरहेको छ ।

एक्सेस एजुकेशनले गत माघ २८ देखि फागुन ५ ९फेब्रुअरी ११ देखि १७० गतेसम्म नेपाली विद्यार्थीका लागि गन्तब्य न्यूजिल्याण्ड, रोड टु न्यूजिल्याण्ड कार्यक्रम गर्न लागेको छ । कार्यक्रम अनुसार एक्सेस एजुकेशन बुटवलले यस क्षेत्रका विद्यार्थीका लागि मंगलबार एकदिने शैक्षिक परामर्श कार्यक्रम गरेको छ ।

प्लसटु, ब्याचलर, मास्टर डिग्री गरेका विद्यार्थीलाई न्यूजिल्याण्डका विभिन्न कलेजका प्रतिनिधिहरुले कलेजमा हुने पढाईको विषयमा आवश्यक जानकारीसहित अध्ययन पश्चात विद्यार्थीले पाउने सेवा सुविधाबारे प्रशिक्षण दिएको एक्सेस बुटवलका प्रवन्ध निर्देशक कमल भुसालले जानकारी गराए ।

विद्यार्थीले कलेजका प्रतिनिधिहरुसंग प्रत्यक्ष भेटेर आफ्ना कुरा राख्ने तथा प्रतिनिधिहरुले विद्यार्थीहरुका जिज्ञासा मेटाउनुका साथै न्युजिल्याण्ड जानुपूर्व र पुगिसकेपछि पालना गर्नुपर्ने प्रक्रियाका विषयमा सहजीकरण गर्नेहुंदा विद्यार्थीले धेरै लाभ लिएको प्रवन्ध निर्देशक भुसालले बताए ।

 

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ५६ बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित