२८ मंसिर २०८२, आइतबार | December 15, 2025

नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङमा परेका २७ जनामा कोरोना संक्रमण पुष्टि,  समुदायमा संक्रमण फैलिएको थप पुष्टि



नेपालगन्ज । नेपालगन्जमा समुदायमा कोरोना फैलिएको थप पुष्टि भएको छ । ४ दिन अगाडी कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएका थप २७ जनामा आज कोरोना पुष्टि भएको छ ।

नेपालगन्ज त्रिभुवन चोक स्थित मिठाई पसल सञ्चालकको सम्पर्कमा आएका मध्यबाट १६ जनालाई कोरोना पुष्टि भएको छ भने आन्तरिक राजश्व कार्यालयका २ जना अधिकृतको सम्पर्कमा आएका मध्य ९ जना कोरोना संक्रमित भएका छन् । राजश्व कार्यालयमा सेवा लिन आएका २ जनामा पनि कोरोना पुष्टि भएको छ ।

मिठाई पसलको सम्पर्कको आधारमा नेपालगन्ज स्थित भेरी अस्पतालमा गरिएको परीक्षणबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, १३ र १९ वडामा थप एक–एक जना ब्यक्तिमा कोरोना संक्रमण भेटिएको छ भने वडा नम्बर ११ का १३ जनामा कोरोना संक्रण पुष्टि भएको भेरी अस्पताल नेपालगन्जले जनाएकोछ ।

राजश्व कार्यालयमा पुष्टि भएका संक्रमित मध्य ४ जना बाँके, २ जना सुर्खेतका तथा बर्दिया, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक÷एक जना कर्मचारी तथा सेवाग्राही भएको बाँकेका कोरोना फोकल पर्शन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

समुदाय स्तरमा कोरोना पुष्टि हुँदै गएपछि जिल्लाको अवस्थामा समिक्षा गर्न र थप कदम चाल्न जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला बिपद ब्यवस्थापन समितिको बैठक राखिएको छ ।

भेरी अस्पतालको ल्यावमा परक्षिण गरिएका मध्य आज मात्र ३६ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १२ : ५० बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर