५ श्रावण २०८३, मंगलबार | July 22, 2026

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा



पोखरा । गण्डकी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिइएको हो ।

४ फागुन २०७४ मा पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्रीको शपथ लिँदै पदभार ग्रहण गरेका थिए । सोही दिनलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने गरिएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रदेश सरकारले स्थापनाकालदेखि नीतिगत, कानुनी र संस्थागत पक्षहरूलाई परिपक्व बनाउँदै लगेको बताए । ‘नागरिकको आधारभूत आवश्यकताका अतिरिक्त स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता मौलिक हक पूरा गरी प्रदेशबासीको जीवनस्तरमा सुधार ल्याउन गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । यसमा सबै तहका सरकार र सरोकारवालाहरुको सहकार्य र साथ जरुरी रहेको छ’, मुख्यमन्त्री पाण्डेले भने ।

पाण्डेले सीमित स्रोतसाधनका बाबजुद पनि आम नागरिकको प्रदेशप्रतिको अपेक्षालाई आवश्यकता र हाम्रो क्षमताको आधारमा प्राथमिकीकरण गरी प्रदेश सरकारले सम्बोधन गरिरहेको दाबी गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : ४२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं