२७ माघ २०८२, मंगलबार | February 10, 2026

नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्तिबाट सेवा लिँदा छुट पाउने



काठमाडौं । नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति युनिसेक्स सलुनले दिने सेवा तथा सुविधा लिँदा छुट पाउने भएका छन् । यस्तो छुट उपलब्ध गराउने सवालमा बैंक र हेयर एण्ड शान्ति बिच समझदारी गरिएको हो ।

समझदारी पत्रमा नबिल बैंकका तर्फबाट रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र हेयर एण्ड शान्तिका युनिसेक्स सलुनकी संचालक बिनीता बुढाथोकीले हस्ताक्षर गरेका हुन् ।

नबिल बैंक नेपालको एक अग्रणी वाणिज्य बैंक हो भने हेयर एण्ड शान्ति केश सज्जा र सौन्दर्यमा सेवा दिँदै आएको निजी क्षेत्रको अग्रणी कम्पनी हो ।
समझदारीअनुसार नबिल बैंकका ग्राहकले नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रायोरिती कार्ड, एन बैंक वा बैंक ट्रान्सफर मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्ति हुनेछ । यस्तो छुट हेयर कट, कलरिङ, केराटिनजस्ता केश सज्जाका सेवा तथा मेनिक्योर–पेडिक्योर, नेल आर्टलगायत अनुहार र सौन्दर्य लगायत सम्पूर्ण सेवामा उपलब्ध हुने उल्लेख गरिएको छ ।

नबिल बैंक र हेयर एण्ड शान्ति बिच भएको समझदारीले नबिल बैंकका ग्राहकलाई सहुलियत मूल्यमा सौन्दर्यमा सेवा लिन सहयोग पुग्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ८ : १६ बजे

जेनजी पुस्ताको मर्मअनुरूप संविधान संशोधन गर्ने नेकपाको प्रतिबद्धता

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले नवयुवा  (जेनजी)पुस्ताको मर्म अनुरुप आफ्नो

आगामी दशकलाई कृषि लगानी दशक : एक वर्षभित्र किसानलाई परिचयपत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी दशकलाई ‘कृषि लगानी दशक’

नेकपाको प्रतिबद्धता : ५ वर्षमा १० प्रतिशतको आर्थिक वृद्धि, बहुआयामिक गरिबीको दर ५ प्रतिशतमा झार्ने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र वार्षिक १०

नेकपाद्वारा राजनीतिक दललाई चार वर्गमा वर्गीकरण, नयाँ दल ‘सिद्धान्तहीन’ र ‘विध्वंशकारी’

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी