२२ असार २०८३, सोमबार | July 6, 2026

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु



झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार शुक्रबार राति ८ः३० बजेतिर मायाले आफ्नै शरीरमा पेट्रोल खन्याइ आगो लगाएकी थिइन् । घटनामा दुवै जना गम्भीर घाइते भएकाले उपचारका लागि बिएन्डसी अस्पतालमा भर्ना गरिएको थियो ।

आज बिहान छोरी वर्षाको मृत्यु भएको र आमा मायाको अवस्था चिन्ताजनक रहेको गिरीले जानकारी दिए । मायाको शरीरको अधिकांश भाग आगोले जलेको र घटनास्थल नजिकै उनको ‘सुसाइट नोट’ फेला परेको उनले बताए ।

उक्त नोटमा रम्तेलले उनका पति परस्त्रीसँग सम्बन्धमा रहेका कारण बाध्य भई आत्मदाहको निर्णय लिनुपरेको उल्लेख गरेको प्रहरीको भनाइ छ । प्रहरीले ज्याला मजदुरी काम गर्दै आएका मायाका पति राजन विकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको गिरीले बताए ।

पति राजन काममा गएको र घरमा ८१ वर्षीया सासूआमा सुन्तलीमाया खाती मात्र रहेको अवस्थामा मायाले छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर आत्मदाह गरेकी थिइन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ४१ बजे

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत