२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

धरानमा प्रहरी र स्थानीयबीच झडप



सुनसरी । इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जङ्गलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपकाे अवस्था सृजना भएकाे हाे ।

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो । साेही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको छ ।

माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौदेखि राख्दै आए पनि पुरा भएको थिएन ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ५ : ३० बजे

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो : प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल

खेल पर्यटन प्रवर्धन गर्न सोलुखुम्बुमा अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि

कोशीमा हिम्मत कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्दै, केदार कार्की सर्वोच्च जाँदै

काठमाडौं । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै

गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको

समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने

काठमाडौं । आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका