२ चैत्र २०८२, सोमबार | March 16, 2026

टिभिएसको “रोनिन” मोटरसाईकल नेपालगन्जमा



नेपालगन्ज । बहुप्रतिक्षित टिभिएसको पहिलो ‘मोडर्न–रेट्रो’ अनस्क्रिप्टेड लाइफस्टाइल मोटरसाइकल ‘रोनिन’ नेपालगन्जमा लन्च गरिएको छ । नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपालमा टिभिएस रोनिन काठमाण्डौमा सार्वजनिक गरेसंगै नेपालगन्जको आधिकारिक बिक्रेता ग्रसे एण्ड ग्लोवल ट्रेडिङ्ग प्रालिले पनि उक्त मोटरससाइकल सार्वजनिक गरेको हो ।

नेपालगन्जको सिने रोयलमा भब्य कार्यक्रमका बीच नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामीले टिभिएस ‘रोनिन’ लन्च गरेका हुन । टिभिएस ‘रोनिन’ लन्च गर्दै धामीले यो मोटरसाईकलले समयको बचत संगै राईडरहरुको जिवनशैलिलाई सहज बनाउने बताए ।

टिभिएस ‘रोनिन’ लन्च कार्यक्रममा कम्पनीका प्रोडक्ट हेड प्रशान्त राजभण्डारीले प्रिमियम मोटरसाइकल जगतमा ‘रोनिन’ लाइफस्टाइल सेग्मेन्टमा प्रवेश गरको बताए । टिभिएस ‘रोनिन’ नयाँ युगका राइडरहरुका लागि तयार गरिएको मोटरसाइकल भएको बताउँदै उनले भने “यो स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको छ जसले नयाँ पुस्ताका राइडरहरुका लागि अनस्क्रिप्टेड जीवनशैली प्रवर्द्धन गर्दछ ।”

“टिभिएस ‘रोनिन’को लन्च नेपालमा टिभिएस मोटरका लागि महत्वपूर्ण माइलस्टोन हो । यो मोटरसाइकलको साथ नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस ‘रोनिन’को विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाहरूको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ । यो मोटरसाइकलको लन्चले टिभिएसले उत्पादनको दायरा, विशेषगरी आधुनिक रेट्रो क्षेत्रमा विस्तार भएको छ ।” प्रोडक्ट हेड राजभन्डारी भने ।

२२५ सिसि क्षमताको टिभिएस ‘रोनिन’ मोटरसाइकलको तौल १६० के. जी. छ भने यसले २०.४ पिएस पावर उत्पादन गर्नुको साथै १९.९३ एनएम टर्कले मोटरसाइकलमा सबैभन्दा राम्रो पावर–टू–वेट रेसियो बनाउँछ । क्लासिक डिजाइन प्याकेजमा ‘रोनिन’ मोटरसाइकललाई रेन र अर्बन एबीएस मोड, ग्लाइड टेक्नोलोजी (जीटीटी), भ्वाइस र राइड सहायता सहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसन जस्ता विशिष्ट प्राविधिक सुविधाहरूसहित निर्माण गरिएको छ ।

कम्पनीका क्षेत्रिय म्यानेजर प्रकाश श्रेष्ठका अनुसार प्रतिष्ठित डेमिङ पुरस्कार प्राप्त गर्ने एक मात्र दुई पाङ्ग्रे सवारी कम्पनीले उत्पादन गरेको टिभीएस ‘रोनिन’ नेपाली बजारमा टिडि संस्करण (ट्रिपल टोन डुअल च्यानल, एबिएस) मा उपलब्ध छ । टिभीएस ‘रोनिन’ को रु. ४ लाख ४९ हजार ९०० रुपैयाँ मुल्य कायम गरिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ९ : ३६ बजे

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम