४ भदौ २०८३, बिहिबार | August 21, 2026

बुटवलमा निकालियो भिमसेन रथारोहण यात्रा (फोटो फिचर)



बुटवल । बुटवलमा नेवार समदायको ईष्ट देवता मनिने भिमसेनको रथयात्रा गरिएको छ । बुटवलमा लामो समयदेखि बस्दै आएका नेवार समुदायहरुले बुधबार आफ्नो ईष्ट देवता भिमसेन रथारोहण गरेका हुन् । ‘भाषा, संस्कृति झिगु पौरख, नेपाल सम्वत राष्ट्रिय गौरव’ को मुल नारासहित भिमसेन नेवाः समाजको आयोजनामा नेवारहरुको ईष्ट देवता भिमसेन रथारोहण गरि बजार परिक्रमा गराएका छन् ।

रथयात्रा कार्यक्रमको एक समारोहका बीच प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले संस्कृति नै पहिचान भएको भन्दै यसको संरक्षण गर्न जरुरी रहेको बताए । बुटवलमा बसोबास गर्ने नेवार समुदायहरु केवल ब्यापार ब्यवसायमात्र नभई समुदायमा गरेका गतिविधिहरुका कारण चिनिदै आएको उनले बताए ।

कार्यक्रममा समाजका अध्यक्ष सहदेव श्रेष्ठले संस्कृतिको धनी नेवार समुदायहरु बीचमा एकता कायम गर्न जरुरी रहेको औंल्याए । उनले समुदामयबीच एकता कायम गर्न र नेवाः समुदायको संस्थागत विकास गर्न आफुहरु लागिपरेको बताए । नेवा संस्कृतिमा भिमा एकादशीको दिन भिमसेन देवताको पुजा गर्ने, जाग्राम बसेर द्वादशीका दिन भिमसेन देवतालाई रथारोहण गर्ने प्रचलन रहेको उनले जानकारी दिए । संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्यलाई जोगाउन आफुहरु निरन्तर विविध कार्यक्रम गर्दै आएको पनि उनले बताए ।

बुटवलका १८ वटा खल, पुच र गुठीका सदस्यहरुको सहभागितामा भिमसेन देवताको रथलाई नगरको बिभिन्न स्थानमा परिक्रमा गराइएको थियो । ज्योतिनगर भिमसेन मन्दिरबाट वडा नं १ को जलबिनायक हुँदै ज्योतिनगर, बजार क्षेत्रमा पुगेर रथयात्रा समापन गरिएको थियो । भिमसेन नेवा समाजमा हाल २४७ जना आजिवन सदस्य र २५ जना साधारण सदस्यहरु छन । वि.सं. २०६७ सालमा स्थापना भएको सो संस्थाले नेवाः समुदायको पर्वहरुमा बिभिन्न पूजा अर्चना सहित निरन्तर जात्रा गर्दै आएको छ । प्रत्येक वर्ष विशेष पुजा गरी रथ निकाल्दै आएको अध्भ्यक्ष श्रेष्ठले बताए ।

प्रत्येक वर्ष माघ शुक्ल एकादशीलाई भीमा एकादशीको रूपमा पर्वोत्सव मनाउँदै द्वादशीका दिन भीमसेनको विशेष आराधना र पूजा गर्दै आइरहेका छन् । भीमसेनलाई नेवाः समुदायमा मात्र नभई सम्पूर्ण व्यापार व्यवसायीहरुको आराध्यदेवका रुपमा पुजिने गर्छ । किंवदन्ती अनुसार दानवले देवदेवी तथा मनुष्यलाई विभिन्न प्रकारका दुःख दिन थालेपछि देवदेवीको गोप्य बैठकबाट महिषासुरसँग युद्ध गर्ने निष्कर्ष निकाली साइत जुराइन्छ। युद्धकै सम्झनास्वरूप भिमसेन जात्रा गर्न थालिएको भनिँदै आएको छ।

कार्यक्रममा गुठीका सल्लाहकार विमल बहादुर शाक्य, बुटवल उपमहानगरपालिका वडा नं. ३ का वडाअध्यक्ष विष्णु ढकाल, पवित्रा श्रेष्ठ, समाजका संस्थापक अध्यक्ष लोकमान थैव, नेवा पुचका काजिमान श्रेष्ठ, नेवा: सेवा समिति बुटवलका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, अर्घाखाँची नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा संस्कृति समाजका लक्ष्मीप्रसाद श्रेष्ठ, तिलोत्तमा मैजु खलका अध्यक्ष मिलन श्रेष्ठ, नेवा समाज १-३ का अध्यक्ष सुवेन्द्रमान श्रेष्ठ, समाजसेवी मानकाजी श्रेष्ठ, समाजका वरिष्ठ उपाध्यक्ष गोपाल श्रेष्ठ, समाजका सचिव विष्णु श्रेष्ठलगायतले भिमसेन जात्राको महत्वबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार  ४ : ४१ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका