७ चैत्र २०८२, शनिबार | March 21, 2026

अष्ट्रेलिया गएर अफ्टयारोमा परेका विद्यार्थीलाई फेलिक्स इस्टर्नले रोजगारीको सहजिकरण गरिदिने



बुटवल । फेलिक्स इस्टर्नले अध्ययनको लागि अष्ट्रेलिया गएर अफ्टयारोमा पर्ने विद्यार्थीहरूको आवश्यकता अनुसार रोजगारीको सहजिकरण गरिदिने बताएको छ । फेलिक्स इस्टर्न एजुकेशन कन्सलटेन्सी प्रालिले आफू मातहत र अन्य जुनसुकै कन्सलटेन्सीमार्फत अष्ट्रेलियामा पुगेका विद्यार्थीहरू आवश्यक ‘जब प्रोभाइड’ गर्ने बताएको हो ।

फेलिक्स इस्टर्न, बुटवल शाखाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सिइओ नेत्रजंग पाण्डेले त्यहाँ पुगेर समस्यामा पर्ने हरेक विद्यार्थीहरूका अफ्टयारालाई आफ्नो संस्थाले सहजीकरण गर्ने बताए । पछिल्लो समय अध्ययनका लागि युरोपियन देश पुग्ने नेपाली विद्यार्थीहरुले कामको समस्यादेखि विभिन्न झन्झटहरु बेर्होदै आएका छन् । ‘हामीले अहिले अष्टे«लिया, युएसए, युके र क्यानडा गरी चार देशमा काम गरिरहेका छौं’ सिइओ पाण्डे भन्छन, ‘तर, हामीले जब प्रोभाइड अष्ट्रेलियामा मात्र गरेका छौं । हामीले काम सन् २०१८ देखि सुरु गरे पनि सन् २०१९ बाट सेवा दिन थालेका हौं । गत वर्षदेखि हामीले ए टु जेट काम गर्दै आएका छौं ।’ इस्टर्नले विद्यार्थी कृषि फर्मदेखि उद्योगसम्म जब को अवसर दिनेछ ।

फेलिक्स इस्टर्न विद्यार्थीहरूलाई विदेशमा अध्ययन गर्ने सपना पूरा गर्न सन् २०१६ देखि अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न मद्दत गर्दै आएको छ । अष्ट्रेलियामा विशेष रूपमा आवास र कामको ग्यारेन्टी, विद्यार्थीहरूलाई उनीहरूको सम्बन्धित स्ट्रिममा पाठ्यक्रम अध्ययन गर्न मद्दत, वित्तीय कागजातको लागि उचित दिशानिर्देश, अन्तर्वार्ताको लागि तयारी, भिसा सफल बनाउनको लागि उनीहरूलाई हरेक सम्भावित तरिकामा मार्गदर्शन समेत गर्दै आएको बुटवल शाखा प्रबन्धक रोशन भुसालले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ५ : ३४ बजे

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका