३० बैशाख २०८१, आइतबार | May 13, 2024

भन्सार नाकामा प्रशासनिक कडाईको माग गर्दै नेपालगन्ज उद्योग बाणिज्यसंघले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र(पत्रसहित)



नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यवसायीक समस्याहरुको समबन्धमा ध्यानाकर्षण सहित १४ बुँदे ज्ञापन पत्र बुझाएको छ । सुरक्षा बैठकमा भाग लिन नेपालगन्ज पुगेका उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाई संघका अध्यक्ष टंकबहादुर धामी, महासचिव भीमबहादुर रानाभाटले ज्ञापन बुझाएका हुन् ।

सुरक्षा बैठक सकिएपछि आयोजित नागरिक समाज र पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा संघको तर्फबाट श्रेठलाई ज्ञापन पत्र बुझाइएको हो । अन्तरक्रियाका क्रममा आफ्नो धारणा राख्दै संघका अध्यक्ष धामीले भारतमा किनमेल गर्न जानेलाई कडाई गर्न आग्रह गरे । उनले भारतीय बजारमा किनमेल गरेर आउनेलाई कडाई नहुँदा राजश्व चुहावट भइरहेको बताउँदै संघले सय रुपैया भन्दा माथिको सामान ल्याउदा भन्सारको दायरामा ल्याउन आग्रह गरे । उनले नाकामा स्क्यानर र फेस रिडर राख्न अनुरोध समेत गरे ।

संघले बुझाएको ज्ञापनपत्रमा नेपालबाट भारतमा किनमेल गर्न जानेको परिचय खुल्ने कागजात हेर्न अनुरोध गरिएको छ । संघले विशेष गरेर सरकारी गाडीमा किनमेल गर्न जानेलाई कडाईका साथ कारबाही गर्न माग गरेको छ । नेपालगन्ज आउने हरेक पहाडी जिल्लाका जनप्रतिनिधिहरु भारतीय बजारमा किनमेल गरेर फर्कने गरेको बताउँदै सेतो प्लेटका गाडीमा चढेर भारतीय बजारमा किनमेल गर्न जाने प्रबृत्तिलाई निरुत्साहित गर्न प्रशासनको सक्रियता आवश्यक रहेको संघको माग छ ।

ज्ञापन पत्र बुझेपछि गृहमन्त्री श्रेष्ठले राजश्व चुहावट रोक्ने सवालमा गुणात्मक सुधार आएको पुष्टि गर्न सम्बन्धित निकायका अधिकारीलाई आग्रह गरिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ९ : ३३ बजे

बालविवाह निरुत्साहित गर्न प्रतिबद्धता आवश्यक : मुख्यमन्त्री महरा

दाङ । बालविवाह निरुत्साहित गर्न विद्यालयले विद्यार्थी र अभिभावकलाई परामर्श

स्थायी कमिटी बैठकबाट चार प्रतिवेदन परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आज सम्पन्न

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटबाट मनोमानी

वल्डलिङ्कको रिट खारेज, राज्य कोषको अर्बौँ रकम सुरक्षित

काठमाडौं । सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर गरेको आठ

प्रभु बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटलमा पाउने भए विशेष छुट

काठमाडौ । चिरायु नेशनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट