१८ चैत्र २०८२, बुधबार | April 2, 2026

चिनियाँ नववर्ष कार्यक्रम सम्पन्न



काठमाडौं । चिनियाँ नववर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष चिनियाँ नववर्ष ड्रयागन वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको थियो ।

सो कार्यक्रमको सुरुआत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत छन सोङले गत पुस २९ गते यहाँ शुभारम्भ गरेका थिए । चिनियाँ नयाँ वर्षका अवसरमा नेपाल चीन मैत्री फुटबल म्याच, चिनियाँ इलेक्ट्रिकल सामग्री र लालटिन प्रदर्शनीलगायत विभिन्न सांस्कृतिक कार्यक्रम नेपालका विभिन्न दरबार, सडक, उद्यान र खेलमैदानमा आयोजना गरिएको थियो ।

चिनियाँ नववर्ष समारोह समापनका अवसरमा यहाँस्थित चिनियाँ राजदूतावासमा आज आयोजित आभार कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले चीनको उदयबाट नेपाल र नेपाली खुसी भएको र उसबाट नेपालले आर्थिक, सामाजिक र प्राविधिक विकासबारे सिक्ने बताइन् । उनले चीन नेपालको विश्वासयोग्य विकास साझेदार भएको र उसले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गरेकामा कृतज्ञता पनि व्यक्त गरिन् ।

नेपालका लागि चिनियाँ राजदूत छनले पहिलो पल्ट नेपालमा मनाइएको सो कार्यक्रमले चीनबारे बुझ्ने नेपालीको सङ्ख्या ३५ प्रतिशतले बढेको र यसबाट दुई देशबिच सांस्कृतिक आदानप्रदान, ज्ञान, समझदारी र सम्बन्धले गहिरो जरा गाडेको बताए । उनले भने, “अर्को वर्ष समाजवादी चीन स्थापनाको ७५ वर्ष र चीन नेपाल कूटनीतिक सम्बन्धको ७० वर्ष पुग्ने छ । चीनले नेपालसँगको सम्पर्क र सहयोग जारी नै राख्ने छ । हाम्रो सहकार्यको नयाँ सुरुआती विन्दु सुरु हुने छ र हामी मिलेर काम गर्ने छौँ ।” राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ सिनले नेपालमा आयोजित वसन्त पर्वमा नेपाल पर्यटन बोर्ड, तामाङ सङ्घसंस्था, नेपाल मार्सल आर्ट सङ्घ, काठमाडौँ, ललितपुर, भक्तपुर महानगरपालिका र नगरपालिका आदिले सहयोग गरेकामा आभार व्यक्त गर्दै यसबाट धेरै नेपालीले चिनियाँ संस्कृति बुझ्न सकेको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ र पर्यटन बोर्डका प्रतिनिधि नलिनी लाखेले नेपाल र चीनबीच खेलकुद तथा सांस्कृतिक– पर्यटकीय गतिविधि अझ वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे । शनिबार भने चिनियाँ लालटिन पर्व मनाइने जनाइएको छ । कार्यक्रममा राजधानीका विभिन्न नगरपालिकाका प्रमुख–उपप्रमुख, नेपाल चीन मैत्री सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, यहाँस्थित चिनियाँ र नेपाली बुद्धिजीवीको सहभागिता थियो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १० : ०८ बजे

मालपोत र नापीमा अनधिकृत व्यक्ति प्रवेश निषेध

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”