७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रौतहटमा जग्गा विवाद हुदाँ एकको मृत्यु



रौतहट । रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन् । दुर्गा भगवती २ भलोहिया स्थित भएको दुईपक्षीय झडपमा स्थानिय बर्ष ४० का जयप्रकाश दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्गा भगवती २ भलोहिया हाल पिपरा सिमानामा बस्दै गरेका ४० बर्षिय जयप्रकाश दास र सोही स्थानका ५० बर्षिय चन्देश्वर महतो बीच शुक्रवार अपरान्ह झडप हुँदा महतोले दासलाई धकेल्दा उनी भुइँमा लडेका थिए । लडेर अचेत भएका जयप्रकाश गाउँमा सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न एकजना मानिस पक्राउ गरिएको तथा घटना बारे थप अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनास्थल सदरमुकाम गौर देखि झण्डै १५ किलोमीटर उत्तर पूर्वमा पर्छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८०, शनिबार  ७ : १७ बजे

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ