४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना मृत्युको ‘इपिसेन्टर’ बन्दै वीरगन्ज, फेरि अर्का एक जनाको मृत्यु



वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या वीरगन्जमा निरन्तर बढ्दै गएको छ । संक्रमण बढ्दै जाँदा वीरगन्ज महानगर क्षेत्र कोरोना मृत्युको इपिसेन्टर बनेको छ ।

गएराति वीरगन्जमा अर्का एक जना व्यक्तिको मृत्यु भएको छ । वीरगन्ज ११ श्रीपुर बस्ने भारत घर भएका ५६ वर्षीय पुरुषको गएराति उपचारकै क्रममा मृत्यु भएको हो ।

जगदम्बा इन्टर प्राइजेजका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ती पुरुष मुटुका रोगी थिए । कोरोना लागेपछि गम्भीर अवस्थामा रहेका उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायाले बताए ।

उनको गत साउन ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । साउन ७ गते नारायणी अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा उनको उपचार भैरहेको थियो ।

मुटुको बाइपास सर्जरी गरेका तीन पुरुषलाई बिहीबार दिउँसोदेखि अक्सिजन कम हुँदै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । तर, उपचारकै क्रममा राति ११ बजे मृत्यु भयो ।

कोरोना संक्रमणका कारण बिहीबार मात्रै पर्सामा दुई जनाको मृत्यु भएको थियो । यसअघि समेत ६ जनाको मृत्यु भैसकेको छ । यससँगै पर्सामा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : ५४ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता